सूर्यविनायकमा ५० हजार क्षमताको नयाँ रंगशाला निर्माणको तयारी ?

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रंगशाला निर्माणसम्बन्धी छलफल गरेका छन्। आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित छलफलमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधिहरू सहभागी थिए। छलफलको क्रममा प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रंगशाला स्थान सानो भएकाले वैकल्पिक रूपमा ठूलो रंगशालाको आवश्यकता औँल्याउँदै...

गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवाको शव फेला

रसुवा — गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन्। विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल र मोरङको बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने आइतबार स्नान गर्ने क्रममा बेपत्ता भएका थिए। सोमबार बिहान १० बजे उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। दुवै जना...

गुणस्तरहीन पानी उत्पादन गर्ने पाँच उद्योगमाथि चाँगुनारायण नगरपालिकाको प्रतिबन्ध

भक्तपुर,– चाँगुनारायण नगरपालिकाले झौखेल क्षेत्रमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि तत्काल प्रभावबाट पानी बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाको अनुगमन समितिको बैठकले खाद्य तथा गुणस्तरमा गम्भीर त्रुटि भेटिएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। समितिका संयोजक तथा नगर उपप्रमुख रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कारबाही प्रक्रिया पनि अगाडि बढाइएको छ। मानव...

एकैपटक प्रहरीमा ३५ जनाको बढुवा  सिफारिस !

काठमाडौं – प्रहरी संगठनमा एकैपटक ठूलो संख्यामा बढुवा  सिफारिस  गरिएको छ। ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ एसपी (एसएसपी), ११ जना नायब उपरीक्षक (डीएसपी)लाई एसपी र १३ जना प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ। लामो समयदेखि रिक्त रहेका यी महत्वपूर्ण पदमा प्रतिस्पर्धा गर्दै ३३ जना एसपीले एसएसपीको लागि दाबी...

सेयर ठगी प्रकरणमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं  । सेयर कारोबारमा संलग्न दिपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार काठमाडौंको टोखा क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। प्रवक्ता बोहोराका अनुसार अग्रवालविरुद्ध आर्थिक ठगीको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। दिनेश प्रताप शाहले अग्रवालविरुद्ध ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपसहित...

ऊर्जामन्त्री खड्का भन्छन् — अब उत्पादन भएको विद्युत् खेर जाँदैन

काठमाडौं, – पश्चिम सेती करिडोरमा तीन जलविद्युत् आयोजना र ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि पाँच संस्थाबीच बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यसहित हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपीजीसीएल), चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेड (सीजेसीएल), चिलिमे सेती...

नेपाल–बंगलादेश भिडन्तले निर्णय गर्नेछ साफ यू–२० महिला च्याम्पियनशिपको उपाधि

काठमाडौँ — साफ यू–२० महिला च्याम्पियनशिप अन्तर्गत सोमबार हुने अन्तिम खेलले नै उपाधिको भाग्य तय गर्नेछ। प्रतियोगिताको शीर्ष दुई टोली नेपाल र बंगलादेशबीच बंगलादेशको राजधानी ढाकामा प्रतिस्पर्धा हुनेछ। हाल बंगलादेशले पाँच खेलमा सबै जितेर शीर्ष स्थान ओगटेको छ भने नेपाल १२ अंकसहित दोस्रो स्थानमा छ। डबल राउन्ड रोबिन प्रणालीअनुसार उपाधि जित्न...

पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेट, पार्टी प्रवेशबारे छलफल

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारीले हालै पार्टीको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि उक्त विषय एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा समेत छलफलमा आएको थियो। पार्टी नेतृत्वसँग यसबारे औपचारिक संवाद हुन थालेको यो...

उपनिर्वाचन नजिकिँदै : रुपन्देही–३ मा उम्मेदवार चयनको दौड सुरु

काठमाडौं ।रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका कार्यक्रमहरू निर्वाचन आयोगले स्वीकृत गरेको छ। आयोगकी प्रवक्ता तथा सहसचिव नीता पोखरेल अर्यालका अनुसार, निर्वाचन प्रक्रिया असोज ११ गते बिहान १० बजेदेखि सुरु हुनेछ। सो दिन बेलुकी ५ बजेसम्म उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन्। मनोनयन दर्तापछि...

नेप्सेमा दिनभरको उतारचढावपछि सामान्य वृद्धि, कारोबार रकम एक वर्षको उच्चतम बिन्दुमा

काठमाडौं ।आइतबारको सेयर बजार कारोबार दिनको सुरुवातमा ५१ अंकले उकालो लागेको भए पनि अन्त्यसम्म आइपुग्दा त्यो वृद्धिमा टिकाउपन देखिएन। दिनको अन्त्यमा नेप्से परिसूचक ०.३२ अंकले मात्रै बढेर २८७० विन्दुमा बन्द भएको छ। यसदिन सेयर कारोबार रकमले करिब एक वर्षपछि नयाँ कीर्तिमान बनाएको छ। आइतबार सेयर बजारमा कुल २१ अर्ब ४६ करोड...