आज सुन–चाँदीको भाउमा गिरावट, कति पुगे मूल्य?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर दुई हजार २ सय ७० रुपैयाँमा पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३२ सय ९८ अमेरिकी डलरमा...

अविरल वर्षाले देशभर सात मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले सातवटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकभरकै प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। प्रहरीको विवरण अनुसार पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गहरूमा संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने...

राप्ती नदीमा १३३ गोही छाडियो, संरक्षण चुनौती यथावत्

फाइल तस्बिर । चितवन – चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही संरक्षण अन्तर्गत गत आर्थिक वर्षमा प्रजनन केन्द्रमा हुर्काइएका १३३ वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ। तीमध्ये दुईवटा भाले र बाँकी सबै पोथी रहेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हालसम्म प्रजनन केन्द्रमा हुर्काएर देशभरका विभिन्न नदीहरूमा २ हजार ९० वटा...

चलचित्र विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ । चलचित्र विधेयक २०८१’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत गरिएको प्रस्ताव अनुमोदन गर्दै विधेयकलाई समितिमा पठाउने निर्णय गरेको हो। समितिमा दफावार छलफलपछि विधेयकलाई पुनः बैठकमा प्रस्तुत गरिनेछ। चलचित्र क्षेत्रको नियमन, प्रवर्द्धन र सुधारका लागि सो विधेयक महत्वपूर्ण मानिएको...

भोटेकोसीमा बाढी: त्रिशूली नदीमा सतर्कता जारी

नुवाकोट। बुधबार बिहान ३ बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह ह्वात्तै बढेको छ। यसले तटीय क्षेत्रमा कटान र जोखिम बढाएपछि रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ।...

बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन सदस्य नियुक्त

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन नयाँ सदस्यहरू नियुक्त गरेको छ। सोमबार उद्योग मन्त्री दामोदर भण्डारीले ज्योत्सना श्रेष्ठ, विदुसी राणा र कुशकुमार जोशीलाई बोर्ड अफ ट्रेडको सदस्य पदमा नियुक्त गरेका हुन्। वाणिज्य नीति २०७८ अनुसार, नीति र अन्य क्षेत्रगत नीतिहरूबीच समन्वय गर्न, नीति कार्यान्वयनको मार्गनिर्देशन...

करेन्ट लागेर चितवन र उदयपुरमा दुई जनाको मृत्यु

काठमाडौँ । चितवन र उदयपुरमा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। चितवनको भरतपुर महानगरपालिका–१८, गुन्जनगरका ५० वर्षीय शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो। मंगलबार दिउँसो आफ्नै बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु...

सेयर बजार ४८ अंकले घट्यो

काठमाडौँ । चार वर्षपछि सेयर बजार उच्च विन्दुमा पुगेको चर्चा चुलिएपछि लगानीकर्तामा बेचबिखनको चाप बढेको देखिएको छ। त्यसको असरस्वरूप बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.९३ अंकले घटेर २९५४.५१ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै परिसूचक ओरालो लागेको थियो। मंगलबार नेप्से ३००२.०७ अंकमा बन्द भएको थियो, जुन पछिल्लो चार वर्षको उच्च...

सेयर बजारमा २ अंकको गिरावट, १९ अर्ब ३६ करोडको कारोबार

काठमाडौं — साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा २ अंकको सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २,९६२.१३ विन्दुमा झरेको छ। आइतबार नेप्से १८.४४ अंकले घटेर २,९६४.२० विन्दुमा बन्द भएको थियो। त्यति बेला बजार घटे पनि कारोबार रकममा वृद्धि भएको थियो। तर सोमबार बजार र कारोबार दुवै घटेका छन्।...

प्रहरीमा ठूलो संख्यामा राजीनामा, नयाँ भर्ना प्रक्रिया अघि बढ्दै

काठमाडौं ।  नेपाल प्रहरीले एक वर्षमा २३९६ जनाको राजीनामा भएको छ भने ४७५३ पद रिक्त रहेको छ। प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, पेन्सन अवधि पूरा हुनासाथ धेरै प्रहरी अधिकारीहरूले राजीनामा दिई वैदेशिक रोजगारीतर्फ लागेका छन्। विदेशमा उच्च तलब पाउने कारणले पनि प्रहरीहरूको राजीनामा दिने प्रवृत्ति बढेको बताइएको छ। प्रहरी...