बाह्र जुवाडे पक्राउ

बाह्र जुवाडे पक्राउ
घोराही, ६ असोज । जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई आज घोराही १४ कपासीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र दुई लाख ८९ हजार १०० सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो । ...

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए
पोखरा, ५ असोज । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२...

पशुपति क्षेत्रको पुनःनिर्माणमा प्राधिकरणले सहयोग गर्ने

पशुपति क्षेत्रको पुनःनिर्माणमा प्राधिकरणले सहयोग गर्ने
काठमाडौँ, ३ असोज । भूकम्पबाट भत्किएका पशुपति क्षेत्रका संरचनाको पुनःनिर्माण र यस क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक एवं आवश्यकताअनुसार आर्थिक सहयोगसमेत गर्न लागेको हो । पशुपति क्षेत्र विकास कोषका...

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठकबारे छलफल

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठकबारे छलफल
काठमाडौँ, ३ असोज । नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँस्थित चिनियाँ राजदूत यू होङसँग छलफल गर्नुभएकोे छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा ऊर्जा संयन्त्रको बैठक र द्विपक्षीय हितका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ । यही असोज ११...