भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफको १ करोड ५० लाख आर्थिक सहयोग

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफको १ करोड ५० लाख आर्थिक सहयोग
काठमाडौँ ।  नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ५० लाख रुपैयाँ योगदान गरेको छ। यस योगदानपछि कोषमा आइतबारसम्म जम्मा रकम ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले...

ह्वाइट हाउस नजिक गोलीकाण्डमा सीआईए एजेन्ट संलग्न, १ को मृत्यु

ह्वाइट हाउस नजिक गोलीकाण्डमा सीआईए एजेन्ट संलग्न, १ को मृत्यु
काठमाडौं – वासिङटन डीसीमा भएको गोलीकाण्डले सुरक्षा एजेन्सीहरूलाई उच्च सतर्क अवस्थामा राखेको छ। घटनामा दुई जना घाइते भएका थिए, जसमा एकको मृत्यु भएको छ। घटनामा अफगानी मूलका रहमानुल्लाह लकनवालले गोली चलाएको पुष्टि भएको छ। उनका पृष्ठभूमि र पहिचान हाल अनुसन्धानको केन्द्रमा छन्। अमेरिकी सीआईएको निर्देशक जोन र्याट्क्लिफले लकनवालले अफगानिस्तानमा आफ्नो संगठनको सबैभन्दा...

गृहमन्त्री अर्याल बच्चाको रगत लागेको पदमा बसेर शानसँग गफ हानिरहनुभएको छ: सुधन गुरुङ

पोखरा।हामी नेपालका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा आरोप लगाएका छन्। सोमबार पोखरामा तमु ह्रयुल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति कास्कीले आयोजना गरेको सम्मान कार्यक्रममा गुरुङले गृहमन्त्री अर्याल बच्चाको रगत लागेको पदमा बसेर शानसँग गफ हानिरहेको बताए। गुरुङले अर्याल सल्लाहकार बनेर मन्त्री पदको लाभ लिएको आरोप पनि दोहोर्‍याए।...

फागुन २१ प्रतिनिधि सभा निर्वाचनका लागि १६८ मतदान स्थल थपिए, दल दर्ता १२० पुगे

फागुन २१ प्रतिनिधि सभा निर्वाचनका लागि १६८ मतदान स्थल थपिए, दल दर्ता १२० पुगे
काठमाडौँ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १६८ नयाँ मतदान स्थल थपिएका छन्। मतदान स्थल थप्ने उद्देश्य मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउनु रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुराना, जीर्ण वा प्रयोगमा नआएका ९३ मतदान स्थल खारेज गरिएका छन्। खारेज र...

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्बमा सीमित

काठमाडौं।साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। अघिल्लो दिन आइतबार २६.५१ अंकले घटेको परिसूचक आज ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा अडिएको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्बभन्दा बढीको सेयर कारोबार...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, पाँच कम्पनीको सेयर सकारात्मक सर्किटमा

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स पनि ४.६७ अंकले घटेर ४५६.९८ विन्दुमा अडिएको छ। यस दिन ३४२ वटा स्क्रिप्सको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर ७ अर्ब...

बजारमा सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ५२ हजार २ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उच्चदरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। ...

४.४ रेक्टरस्केलको भूकम्प बझङमा

बाजुरा । आज दिउँसो १२ बजेर ९ मिनेटको समयमा बझाङको सैपाल आसपास केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ। सैपाल हिमाल क्षेत्र केन्द्रविन्दु रहेको कम्पन बाजुरासहित आसपासका पश्चिमी क्षेत्रमा पनि महसुस भएको थियो। पछिल्ला दिनहरूमा निरन्तर भूकम्पीय गतिविधि बढिरहेको देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्।...

मदन भण्डारी राजमार्गमा दुःखद दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–२ गागन क्षेत्रमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुँगा तर्फ गइरहेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा...

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनए एकता घोषणा, दुबै पक्ष सहमत

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनए एकता घोषणा, दुबै पक्ष सहमत
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः एकतामा फर्किएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार (मंसिर १४) संघको एकता औपचारिक रूपमा घोषणा गरिएको हो। सम्भावित विभाजनको अवस्था बनेको संघमा अध्यक्ष डा. बद्री केसी र अध्यक्ष महेश श्रेष्ठले सहमतिको दस्तावेजमा हस्ताक्षर गर्दै एकताका लागि औपचारिक सहमति जनाएका छन्। सदस्यता सम्बन्धी विवाद १०औँ...