६३ सांसदको समर्थनमा किरण थापामगर वाग्मतीको मुख्यमन्त्री

हेटौँडा । वाग्मती प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। नेकपा (एमाले)का किरण थापामगर वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेशसभामा नेकपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६३ सांसदको समर्थन जुटाएपछि थापामगरले सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार भदौ ४ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार थापामगरलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि दुईपटक सम्हालिसकेका थापामगर अब वाग्मती प्रदेश सरकारको नेतृत्वमा पुगेका छन्। उनी प्रदेशका सातौँ मुख्यमन्त्री हुन्। यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले वाग्मतीको मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।

तपाईको प्रतिक्रिया