सरुवा गरेको ठाउँमा नजाने कर्मचारीलाई जागिर छाड्न बाध्यकारी कानुन बनाउनुपर्ने प्रस्ताव

काठमाडौं । सांसदहरूले कर्मचारीको सरुवा व्यवस्थित ढंगबाट गरिनुपर्नेमा जोड दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा राजनीतिक ‘सोर्सफोर्स’का आधारमा कर्मचारी काठमाडौं वरिपरि घुम्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्तासँगको छलफलमा नेकपा (एकीकृत समाजवादी)का सांसद...

रविविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार पेस गरिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।  सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।...

नेपाललाई गरिबीबाट समृद्ध बनाएरै छाड्नेछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर...

जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक भर्खरै सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मङ्सिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिवारसम्म चल्नेछ ।   हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको...

संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नपाउँदा संविधानविरोधीले टिप्पणी गर्न थाले : मुख्यमन्त्री कँडेल

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाइ गर्दा संघीयताप्रति नै टीका-टिप्पणी गर्ने अवस्था आएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सोमबारबाट सुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान लागू भएको १० वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधानविरोधीले टिप्पणी...

दमक टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली झापा जाने भएका छन्। झापाको दमकमा बनेको विजनेस टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेको उनको  निजी सचिवालयले जनाएको छ।  दमक टावरको ओली यसअघि प्रधानमन्त्री हुँदा निर्माण सुरू गरिएको थियो। दमक नगरपालिका-३ मा करिब डेढ अर्ब लगानीमा यो टावर निर्माण भएको हो। प्रधानमन्त्री ओली सोमबार पनि झापामै बस्ने...

कुलमानप्रति आक्रोशित अर्थमन्त्री- ट्रंकलाइन समस्या समाधान नगरे सरकारले हस्तक्षेप गर्छ

रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखिको ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान विद्युत प्राधिकरण आफैंले खोज्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ केन्द्रीय सभाको आज बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अब ट्रंकलाइनको समस्या लम्बिन नहुने बताउँदै प्राधिकरणले समस्या समाधानका लागि चासो नदेखाए सरकारले...

पूर्वाधार निर्माणमा लगानी, विज्ञता र प्रविधि आवश्यक छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल अहिले तिब्र सहरीकरणबाट गुज्रिरहेको बताए। आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता पनि उनले औल्याए। ‘आधारभूत...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक बसेको हो ।  बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।  त्यस्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन...

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।  बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।  त्यस्तै दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन...