सरकारले माघ १८ देखि संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गर्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरे। फाइल तस्बिर। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र समापन गर्ने संवैधानिक प्रक्रिया अनुरूप, सोमबारको मन्त्रिपरिषद बैठकले माघ १८ देखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको हो। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज...

वामदेव गौतम नेकपा (एमाले) मा फर्कने तयारीमा

काठमाण्डौ, - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) मा फर्कने तयारीमा छन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सकारात्मक संवादपछि गौतमले पुरानो पार्टी एमालेमा पुनः सामेल हुने निर्णय गरेका हुन्। गौतमनिकट एक नेताका अनुसार, प्रधानमन्त्री ओली र गौतमबीचको टेलिफोन संवादमा गौतमले आफू एमालेमा फर्कने इच्छाशक्ति व्यक्त गरेका थिए।...

चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा छ : उपसभामुख राना

चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा छ : उपसभामुख राना
काठमाडौँ — उपसभामुख इन्दिरा रानाले नेपाल–चीनबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताएकी छिन् । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंमा आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकाले उच्च प्राथमिकता दिँदै आएको धारणा राखेकी हुन् । 'नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध छ । हाम्रो सम्बन्धको जरा गहिरो...

तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : अध्यक्ष दाहाल

सिन्धुपाल्चोक — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न  आफूले निरन्तर  पहल  गरिरहेको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए ।  सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष दाहालले आज पत्रकार...

मन्त्रिपरिषद्ले मध्यरातमा पारित गरेका तीन अध्यादेशमार्फत १७ प्रमुख संशोधन गरिएको छ।

बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद बैठकले तीनवटा नयाँ अध्यादेश ल्याउने सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ। बैठक शुक्रबार राति ९ बजेदेखि मध्यरात साढे १२ बजेसम्म चलेको थियो। मन्त्रिपरिषदले सरकारका कार्यहरूलाई छिटो र प्रभावकारी बनाउन र नागरिक सेवामा सहजता ल्याउनको लागि आवश्यक अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। त्यस अनुसार, विद्यमान कानुनी...

बीआरआई सम्झौतामा ऋणको कुनै शब्द छैन :  परराष्ट्रमन्त्री आरजु राणा देउवा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण भन्ने शब्द नै नरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्पष्ट पारेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री राणाले बीआरआईमा हस्ताक्षर गर्ने बित्तिकै ऋण लिनै पर्छ भन्ने बाध्यात्मक अवस्था नरहेको पनि...

सभामुख घिमिरेले संसदीय प्रणालीमा दलहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।

काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदीय प्रणालीमा राजनीतिक दलहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय व्यवस्थामा दलहरूले प्रमुख भूमिका निर्वाह गर्ने बताए। सभामुख घिमिरेका अनुसार, राजनीतिक दलहरूले नै लोकतान्त्रिक प्रणालीलाई प्रभावकारी बनाउने र यसका सिद्धान्तहरूको प्रवर्द्धन गर्ने कार्य गर्छन्। उनले...

राप्रपाले प्रदेशहरूमा तोक्यो स्थानीय तह परिचालन विभाग संयोजक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थानीय तह परिचालन विभागअन्तर्गत प्रदेश संयोजक तोकिएको छ। विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानको सिफारिसमा प्रदेश संयोजकहरू तोकिएको हो। केन्द्रीय सदस्य केदार कोइरालालाई कोशी संयोजक, केन्द्रीय सदस्य विनोद भारतीलाई मधेस संयोजक, केन्द्रीय सदस्य पूर्वमन्त्री परशुराम तामाङलाई बागमती संयोजक, केन्द्रीय सदस्य ताहिर अलीलाई लुम्बिनी संयोजक, केन्द्रीय सदस्य शंकर खराललाई गण्डकी...

एमाले निकट कर्मचारी संगठनका अध्यक्ष: ट्रेड युनियनलाई हटाउन होइन, व्यवस्थित गर्नुपर्छ

काठमाडौं । संसद्को राज्य व्यवस्था समितिको बैठकमा निजामती विधेयकमाथि छलफल भइरहेको छ । छलफलका लागि शुक्रबार विभिन्न दलनिकट कर्मचारी संगठनका नेतृत्वहरूलाई बोलाइएको छ । छलफलका क्रममा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ काेइरालाले ट्रेड युनियनको अधिकार खुम्च्याउन नहुने बताए । उनले ट्रेड युनियनलाई हटाउन नहुने बरु व्यवस्थित गर्नुपर्नेमा जोड दिए । ट्रेड युनियनको अधिकार खुम्च्याउन नहुने उनले निजामती विधेयकमा...

दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैनः सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई दलीय तानाशाही नेपाललाई नचाहिएको बताएका छन्।  धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिने गरी निर्वाचन कानुन संशोधन गर्दै थ्रेस होल्ड बढाउने तयारी थालिएको भन्दै राउतले सामााजिक सञ्जाल फेसबुकमार्फत् आपत्ति जनाएका हुन्। ‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण...