प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार आयोजित स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरूलाई परिचय गराएका थिए।...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिइएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उनले गर्ने दैनिक...

नवनियुक्त ४ राजदूतले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त ४ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ लिनेहरूमा लोकदर्शन रेग्मी- अमेरिका, डा. शैल रूपाखेती- जर्मनी, डा. नरेशविक्रम ढकाल- साउदी अरेबिया र चित्रलेखा यादव- अष्ट्रेलिया हरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।  शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च...

जिसस कैलाली प्रमुखमा निर्वाचित भुलले लिइन् शपथ

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएकी कांग्रेसकी टीकाकुमारी चौधरी भुलले शपथ लिएकी छिन् । प्रमुख निर्वाचन अधिकृत समेत रहेका कैलाली जिल्ला अदालतका न्यायाधीश डण्डापाणी लामिछानेले जिसस प्रमुख भुललाई आज शपथ ग्रहण गराएका हुन् । आजै निर्वाचित भएको प्रमाणपत्र पाएकी उनले पदभार समेत ग्रहण गरेकी छन् ।  नागरिक...

परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्दुस्थित महावाणिज्यदूतावासमा

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रबार चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन्। त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ...

सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैन : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भनेको भएपनि व्यवहारतः लागू हुन नसकेको जिकिर गरे ।...

स्थानीय तह उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि

स्थानीय तह उपनिर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको...

रास्वपा सभापति रविलाई आज काठमाडौं ल्याइँदै 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।  सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रविलाई आज पोखराबाट काठमाडौं ल्याउन लागिएको हो ।  काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको प्रहरीले जनाएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौंमा उजुरी परेपछि पोखरामा...

बीआरआई अन्तर्गत ऋण लिनै नहुने कांग्रेसको अडान आपत्तिजनक छ :  झलनाथ खनाल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ कांग्रेसको अडानप्रति आपत्ति जनाउनुभएको छ । सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको...

प्रधानमन्त्री केपी शर्मा ओली: चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नहुने ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पस्ट पार्नु भएको छ । आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने...