कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ। सभापति शेरबहादुर देउवा थाइल्यान्ड प्रस्थान गरेपछि विधानअनुसार खड्कालाई यो जिम्मेवारी दिइएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७...

सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता सीमित गर्न खोजेको छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता सीमित गर्न खोजेको आरोप लगाएका छन्। सिंहदरबारभित्र आयोजित प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बोल्ने, लेख्ने र शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने अधिकार खुम्च्याउने प्रयास भइरहेको टिप्पणी गरेका हुन्। लिङ्देनले तीनकुने घटनाको छानबिनका लागि न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग...

राप्रपाको निर्णय : कुनै अन्य अभियान वा समूहमा सक्रिय भए पद स्वतः खारेज

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्य राष्ट्रवादी अभियान, समूह वा दलको कार्यसमितिमा बसेर सक्रिय रहने नेता वा पदाधिकारीको पद स्वतः खारेज हुने निर्णय गरेको छ। पार्टीले राष्ट्रवादी विचार राख्ने अभियान वा समूहले आयोजना गर्ने कार्यक्रमलाई सहकार्य गर्न सकिने भए पनि त्यसको समितिमा बसेर काम गर्ने कार्यकर्तालाई कारबाही गरिने स्पष्ट पारेको...

प्रधानमन्त्री ओलीको स्पष्ट भनाइ : सरकार परिवर्तनको हल्लामा नलाग्नुस्

चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुने हल्लाको पछाडि नलाग्न आम नागरिकलाई आग्रह गरेका छन्। शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा माओवादी केन्द्रका अध्यक्षले चितवनबाट दिएको ‘०८२ सालसँगै सरकार फेरिने’ अभिव्यक्तिको प्रतिवाद गरेका हुन्। “यो सरकार स्थिर छ, देशमा स्थायित्व आउँछ,” प्रधानमन्त्री...

संविधान विपरीतका गतिविधि कुनै हालतमा स्वीकार्य छैनन् : गृहमन्त्री लेखक

पोखरा – गृहमन्त्री रमेश लेखकले संविधान विपरीतका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी होस् या अन्य कुनै पनि नाममा संविधानविरोधी कार्य वा अस्थिरता सिर्जना गर्ने प्रयास सह्य नहुने चेतावनी दिएका हुन्। गृहमन्त्री लेखकले नेपालको वर्तमान संविधान लामो संघर्ष र...

बजेट सन्दर्भमा एमालेको औपचारिक सुझाव, ओलीले दिए सकारात्मक संकेत

काठमाडौं — नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमासम्बन्धी सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ। बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सुझावपत्र बुझाएका हुन्। महासचिव पोखरेलका अनुसार ओली प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो चरणमा पनि यस्तै सुझाव दिइएको थियो।...

नेपालमा  पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै राजनीतिक अस्तित्व छैन: लोसपा अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको वर्तमान नेपालमा कुनै राजनीतिक भूमिका र औचित्य नरहेको टिप्पणी गरेका छन्। बुधबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ठाकुरले, राजा व्यवस्था इतिहास बनिसकेको बताउँदै शाहलाई 'पूर्वराजा' भनेर सार्वजनिक रूपमा सक्रिय भइरहनु अनौचित्यपूर्ण रहेको...

अर्थतन्त्र चलायमान बनाउन सरकार गहन रुपमा काम गर्दैछ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताउनुभएको छ । मंगलबार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । मन्त्री पाण्डेले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरु बन्ने...

साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बोलाए प्रधानमन्त्री केपी ओलीले

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ। करीब एक घण्टा लामो छलफल भएको उक्त भेटलाई प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले नियमित संवादको सिलसिलामा भएको बताएका छन्। सरकारप्रति कांग्रेस नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री ओलीले देउवासँग भेट गरेका...

शिक्षकहरूको मागप्रति गम्भीर हुन साउदको आग्रह

नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई शिक्षकहरूको मागप्रति गम्भीर बन्न आग्रह गरेका छन्। उनले सरकारको हालसम्मको उदासिनताप्रति आश्चर्य प्रकट गर्दै, यसले आन्दोलन झनै चर्किन सक्ने चेतावनी दिएका छन्। सरकारको तर्फबाट स्पष्ट पहल नआएको भन्दै नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गर्दै एसईई उत्तरपुस्तिका मूल्यांकन रोक्ने र कक्षा...