एमालेले सदस्यता साढे सात लाख पुर्‍याउने लक्ष्य

काठमाडौं— नेकपा (एमाले) ले आगामी भदौमा हुने विधान महाधिवेशनसम्ममा पार्टी सदस्यता साढे सात लाख (७ लाख ५० हजार) पुर्‍याउने लक्ष्य लिएको छ। पार्टीको संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार यस वर्षलाई एमालेले आन्तरिक जीवनको वर्ष घोषणा गरेकाले सदस्यता विस्तार र नवीकरणलाई प्राथमिकतामा राखिएको छ। ढुंगेलले हाल पार्टी सदस्य संख्या करिब पाँच लाख...

सगरमाथा ‘माउन्ट एभरेस्ट’ होइन, त्यो नक्कली नाम हो : प्रधानमन्त्री ओली

विराटनगर, वैशाख १९ — प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ हुनु उचित नरहेको बताएका छन्। विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले ‘माउन्ट एभरेस्ट’ नामलाई नक्कली करार गरेका हुन्। प्रधानमन्त्री ओलीका अनुसार ‘माउन्ट एभरेस्ट’ नाम एक जना ब्रिटिस नापी विशेषज्ञ सर जर्ज...

धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने बेला आएको छ : राप्रपा नेता शाही

पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिलेको समय हाम्रो धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने समय भएको बताएका छन्। गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले नेपाली संस्कार र परम्परामाथि निरन्तर धावा बोलिँदै गएको आरोप लगाए। शाहीले भने, "हाम्रो धर्म, संस्कार र परम्परालाई संरक्षण गर्न अब महापुरुषको आवश्यकता छ।...

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : अध्यक्ष दाहाल

कञ्चनपुर: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने बताएका छन्। उनले पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेश जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्तीमा आयोजित कार्यक्रममा यो कुरा बताएका हुन्। अध्यक्ष दाहालले भने, "जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन...

सत्ता गठबन्धनले सरकार र शिक्षक महासङ्घसँग आजै सहमति हुने आशा व्यक्त गरे

सत्ता गठबन्धनले सरकार र शिक्षक महासङ्घसँग आजै सहमति हुने आशा व्यक्त गरेको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूको बीचमा आजै सहमति हुने विश्वास व्यक्त गरे। उनले शिक्षकहरूसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको उल्लेख गर्दै आजै दिनभरमा सरकार र आन्दोलनरत शिक्षकहरू...

अदालत अवहेलना मुद्दामा सर्वोच्चको आदेश : गगन थापासँग लिखित जवाफ माग

काठमाडौं, वैशाख १८ — अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासँग लिखित जवाफ माग गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो। थापाविरुद्ध अधिवक्ता विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आइतबार सर्वोच्च अदालतमा...

शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन माओवादीलाई एमाले सांसद गैरेको सुझाव

काठमाडौं, वैशाख १७ — नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता परिवर्तनको माध्यम नबनाउन माओवादी केन्द्रलाई सुझाव दिएका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनको आडमा सरकारलाई अप्ठ्यारोमा पार्ने, सत्तालाई अस्थिर बनाउने र त्यसैबाट प्रधानमन्त्री बन्ने असफल प्रयास अब अन्त्य हुनुपर्ने बताए। उनले भने, "छलफलमा एउटा कुरा गर्ने...

सांसद प्रेम आलेको गुनासो: “म संसदमा बोलेको कुरा तोडमोड गरेर समाचार बनाइयो”

काठमाडौं, वैशाख १७ — नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले प्रतिनिधि सभा बैठकमा व्यक्त आफ्ना भनाइहरू केही सञ्चारमाध्यमले तोडमोड गरी समाचार बनाएको आरोप लगाएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आलेले सोमबार संसदमा बोलेका विषयलाई स्पष्ट रूपमा नबुझी, विकृत ढंगले प्रस्तुत गरिएको भन्दै आपत्ति जनाए। उनले भने, "हिजो मैले...

सांसद रघुजी पन्तको प्रस्ताव : संसदीय समितिमा पत्रकारलाई रोक लगाउनुपर्छ

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसदीय समितिका बैठकहरूमा पत्रकारलाई प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका छन्। निजामती विधेयकसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमाथि सोमबार सिंहदरबारमा भएको छलफलका क्रममा सांसद पन्तले सरकारी कर्मचारीहरू पत्रकारको उपस्थिति र खबर बाहिरिने डरले समितिमा स्वतन्त्र रूपमा बोल्न नसक्ने अवस्था सिर्जना भएको बताएका हुन्। उनले भने, “मिसइन्फर्मेसन (भ्रामक...

जलवायु परिवर्तनले हिमालहरूमा गम्भीर प्रभाव पारिरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका असरहरू विशेषगरी हिमाली क्षेत्रहरूमा गम्भीर रूपमा देखिएको बताएकी छन्। संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को बैंककमा सुरु भएको ८१ औँ सत्रको अध्यक्षता गर्दै उनले जलवायु, अव्यवस्थित शहरीकरण र आर्थिक असमानता जस्ता चुनौतीहरूमाथि गम्भीर ध्यान दिनुपर्ने आवश्यकता...