सांसदहरूको माग: सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक छिट्टै सदनमा प्रस्तुत होस्

सदनमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको खोजी भएको छ । प्रतिनिधिसभाका सांसदहरूले विधेयक छिट्टै अघि बढाउन माग गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले विधेयक कहाँ हरायो भनेर प्रश्न गरे । “विधेयक कहाँ हरायो ? हराएको हरायै हुने त होइन ? राष्ट्रियसभामा उत्पत्ति भएर समितिबाट पास भएर यहाँ दर्ता भएको...

प्रधानमन्त्री ओलीको गुनासो: सञ्चारमाध्यममा गरिने भाषा सुहाउँदो छैन

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो नभएको गुनासो व्यक्त गरेका छन्। गोरखापत्र प्रकाशनको १२५औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली सञ्चारमाध्यममा प्रयोग हुने भाषा देशका विशिष्ट व्यक्तिलाई अनादर गर्ने किसिमको रहेको र यो सुहाउँदो नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले भन्नुभयो, “कसैले पनि नेपाली भाषाको...

प्रतिनिधि सभाले प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित, श्रद्धाञ्जली अर्पण

काठमाडौं — प्रतिनिधि सभा ले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बुधबारको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालका योगदानलाई सम्मान गर्दै शोक प्रस्ताव पारित गरिएको हो। नेकपा एमालेका प्रदीप नेपाल २०५० सालमा राष्ट्रियसभा सदस्यका रूपमा निर्वाचित भएका थिए र पछि २०६५ सालमा काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका...

संयन्त्रले समस्या भयो भन्ने लागे खारेज गर्न सकिन्छ : सांसद सूर्य थापा

काठमाडौं – नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्तारूढ दलहरूबीच बनेको राजनीतिक संयन्त्रमा समस्या देखिएको खण्डमा प्रमुख नेताहरूको छलफलबाट खारेज गर्न सकिने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले संयन्त्रको अभ्यासले सत्ता साझेदार दलहरूबीच असमझदारी बढाएको हो भने त्यसलाई विघटन गर्न कुनै आपत्ति नरहने धारणा राखे। "यदि संयन्त्रले समस्या भएको...

सांसद शाहीको आरोप : ‘सरकारबाट राज्य शक्ति दुरुपयोग, तीनकुने घटनामा मानव अधिकार उल्लंघन’

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले राज्य शक्तिको अत्यधिक प्रयोग गरी मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले राजधानीको तीनकुनेमा भएको घटनालाई उदाहरण दिँदै मानव अधिकारको गम्भीर उल्लंघन भएको दाबी गरे। “सरकारले राज्य आतंक अत्याधिक रूपमा प्रयोग गरिरहेको छ,” शाहीले भने,...

अध्यक्ष नेपालको दाबी – नेकपा (एकीकृत समाजवादी)सँग जनमतको कुनै कमी छैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कुनै कमी नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी)लाई जनमतको भरपूर समर्थन रहेको र आगामी समयहरूमा यसलाई अझ प्रगति गर्ने विश्वास व्यक्त गरे। उनले भने, "यदि हामीले २०७९ को निर्वाचनमा आदिवासी जनजातिहरूसँग...

मुख्यमन्त्री कार्कीद्वारा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पार्टी एकताको प्रस्ताव गरेका छन्। विभिन्न १७ वटा विषय समेटिएको १३८ बुँदे मागपत्र बुझाउन आइतबार मुख्यमन्त्री कार्यालय पुगेका समाजवादी नेताहरूसँग अनौपचारिक छलफलका क्रममा उनले यो प्रस्ताव गरेका हुन्। नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले दुईवटा "गौरवशाली पार्टीहरू" एकीकृत...

माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवासमा शनिबार बसेको पदाधिकारी बैठकले उक्त अभियान सुरु गर्ने निर्णय गरेको हो। प्रचण्ड सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार बैठकमा माओवादीप्रति जनस्तरमा देखिएको विश्वास, अभियानको तयारी, कार्ययोजना र संगठन सुदृढीकरणसम्बन्धी विषयमा...

डा. शेखर कोइरालाले श्रमिक आयोग गठनको आवश्यकता जोड दिए

काठमाडौं, — नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग गठनको आवश्यकता बारे जोड दिएका छन्। उनले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार (वैशाख १८) ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन्। डा. कोइरालाले श्रमिकका अथक प्रयासले विभिन्न आन्दोलनलाई सफल बनाएको उल्लेख गर्दै, श्रमिकका समस्या समाधानका लागि...

संविधान संशोधनको विषय सरकारको प्राथमिकतामा छैन: माधव नेपाल

काठमाडौं, वैशाख १९ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नगर्नुमा आपत्ति जनाएका छन्। बिहीबार (वैशाख १८) काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भएको कार्यक्रममा उनले सरकारको कार्यक्षेत्रमा संविधान संशोधनको विषय नपर्नुलाई लिएर टिप्पणी गरे। अध्यक्ष नेपालले भने, “नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधान संशोधन...