बालाजु–रानीपौवा–त्रिशुली सडक स्तरोन्नतिको बजेट छुटेमा बजेट पुस्तिका च्यात्ने :कांग्रेसका सांसद अर्जुननरसिंह

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बालाजु–रानीपौवा–त्रिशुली सडक स्तरोन्नतिको बजेट छुटेमा बजेट पुस्तिका च्यात्ने चेतावनी दिएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले भने, “२०७१ सालमै ठेक्का सम्झौता भएको यो सडक अझै स्तरोन्नत भएको छैन। पछिल्ला दुई आर्थिक वर्षदेखि यो योजनाका लागि बजेट विनियोजन भएको छैन।” उनका अनुसार मर्मत...

एनआरएनएलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध, मर्यादित र उद्देश्यमुखी बनाउँदै संस्थाको मूल लक्ष्यबाट विचलित नहुन आग्रह गरेका छन्। बुधबार ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाभित्र देखिएको विवाद, अनुशासनहीनता र संकीर्ण प्रवृत्तिलाई अन्त्य गर्न आह्वान गरे। “आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा साझा...

फोन र भेटघाटले गठबन्धन हल्लिंदैन, सरकार पूरा अवधि टिक्छ : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले हालको गठबन्धन सरकार स्थिर र दिगो रहेको दाबी गर्दै सरकार पूरा कार्यकालसम्म टिक्ने विश्वास व्यक्त गरेका छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल मुलुकको आर्थिक अवस्था लयमा आएको र राजनीतिक स्थिरता स्थापित भएको बताए। गृहमन्त्री लेखकले भने, “दश महिना अगाडिको आर्थिक अवस्था र अहिलेको...

अघिल्ला निर्वाचनहरूमा राजनीतिक समीकरणमा त्रुटि भएको प्रचण्डको स्वीकारोक्ति, नयाँ क्रान्तिको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्ला निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग चुनावी गठबन्धन गर्दा गल्ती भएको स्वीकार गरेका छन्। कर्णाली प्रदेशमा आयोजित वाईसीएल नेपालको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचन (२०८४) मा माओवादी केन्द्रलाई पहिलो दल बनाउनु नै पार्टीको मुख्य लक्ष्य रहेको...

हामीले कुरा गरेपछि हात हालाहाल रोकियो:प्रधानमन्त्री ओली

लुम्बिनी, वैशाख ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भारत र पाकिस्तानबीच देखिएको सैन्य तनाव आफूहरूले पहल गरेपछि रोकिएको दाबी गरेका छन्। बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित २५६९ औं मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्रहरूमध्ये हालै उत्पन्न भएको सैन्य झडपको अवस्था संयमतापूर्वक नियन्त्रणमा लिएको...

निराश हुनुपर्ने अवस्था छैन : मुख्यमन्त्री कँडेल

सुर्खेत, – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकारले गरेको कामबाट अपेक्षित नतिजा अझै प्राप्त नभएको बताएका छन्। यद्यपि उनले निराश हुनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे। आइतबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै कँडेलले सरकारले आन्तरिक सुधारमा ध्यान दिइरहेको जानकारी दिए। "कतिपय कामहरू बाहिर नदेखिने तरिकाले आन्तरिक...

राजसंस्था फर्काउन राजावादीको बैठक, प्रचार अभियान र जनआन्दोलनको तयारी

काठमाडौँ, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा आज राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ। आइतबारको बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतका नेताहरू उपस्थित थिए। बैठकले आगामी जेठ १५...

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं, बैशाख २९ – आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ। आइतबार बसेको बैठकमा विस्तृत छलफलपछि नीति कार्यक्रमलाई समर्थन गर्दै संसद्ले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको लिखित तथा मौखिक जवाफ दिएका थिए।...

गोकुल बास्कोटाको प्रश्न– अन्तिमपटक मन्त्री भएको हो ? 

काठमाडौं – नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरूलाई प्रश्न गर्दै भनेका छन् कि तिनीहरूले अन्तिमपटक मन्त्री भएको हो कि ? शुक्रबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै बास्कोटाले मन्त्रीहरूलाई क्षेत्रीय मामिलामा केन्द्रित नगर्न र समग्र देशको हितमा काम गर्न आग्रह गरे। उनले भने, “मन्त्री हुने साथीहरूसित दुःख छ, तपाईंहरू...

गभर्नर नियुक्ति प्रक्रियामा अलमल, ओली–देउवा छलफलमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको म्यादसम्म पनि राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन नसकेपछि अब तीन विकल्पमा छलफल सुरु भएको छ। प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वैशाख २१ गते बालुवाटारमा बोलाई वैशाख २५ भित्र मन्त्रिपरिषद् बैठकमार्फत गभर्नर नियुक्त गर्ने प्रतिबद्धता जनाएका थिए। तर उक्त म्यादभित्र न गभर्नर सिफारिस...