नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बनाइनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारको तर्फबाट दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने क्रममा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे।

उनले भने, “गक्षअनुसार पारस्परिक सम्बन्धलाई अघि बढाइरहेका छौं, आगामी दिनमा अझ बढी विस्तार गरिनेछ।”

प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध भविष्यमा झनै व्यापक र सहयोगपूर्ण बन्ने विश्वाससमेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया