खाद्य विभाग र काठमाडौं महानगरपालिकाबीच खाद्य स्वच्छता र गुणस्तर कायम गर्न सहमति

काठमाडौं — खाद्य प्रविधि र गुण नियन्त्रण विभाग र काठमाडौँ महानगरपालिकाबीच खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सोमबार, विभागको कार्यालयमा काठमाडौँ महानगरपालिका र विभाग बीच सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको हो। काठमाडौँ महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागको तर्फबाट...

एट्लेटिकोविरुद्ध बार्सिलोनाको उत्कृष्ट पुनरागमन, २ गोलको अग्रता उल्टाउँदै ४ गोल गर्‍यो

स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको म्याड्रिडविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको छ। आइतबार एट्लेटिकोको मैदानमा भएको खेलमा बार्सिलोनाले ४-२ गोलको जित निकालेको हो। खेलको ७२ मिनेटसम्म बार्सिलोनाले २-० गोलले पछि परेको स्थिति थियो। एट्लेटिकोका अल्भारेजले ४५ मिनेटमा र सोर्लोथले ७० मिनेटमा गोल गरेका थिए। बार्सिलोनाका लागि लेवान्डोवस्कीले ७२ मिनेटमा गोल...

हावाहुरीले विद्यालय भवनको छानो उडायो, ६ लाखबराबरको क्षति

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ मा रहेको जनसहयोग माध्यमिक विद्यालय, रिवाङ चौरको भवनको छानो हावाहुरीले उडाएको छ। शनिबार राति परेको हावाहुरीसहितको पानीले विद्यालयको छाना उडाउँदा करिब ६ लाखबराबरको क्षति भएको छ। हावाहुरीले भवनको जस्तापाताको छाना उडाएको विद्यालयका प्रधानाध्यापक गोकेन्द्रजंग मल्लले जानकारी दिएका छन्। उनका अनुसार हाल विद्यालयमा परीक्षा सञ्चालन भइरहेको...

सचिव बढुवामा न्याय माग्दै अदालत पुगिन् मिश्रा : सरकारसँग सर्वोच्चले माग्यो कारण

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा ने सचिव बढुवामा अन्याय भएको भन्दै सर्वोच्च अदालतमा दिएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ। सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आइतबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। वरिष्ठताको क्रममा अगाडि भए तापनि आफूलाई स्वास्थ्य सचिव...

३१ औँ आइजिपीको नियुक्ति हुँदै 

सरकारले यसपटक पनि नेपाल प्रहरीमा अन्तिम दिन मात्रै नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोही बैठकले नेपाल प्रहरीको ३१औँ आइजिपी नियुक्त गर्नेछ।   नयाँ आइजिपीका लागि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबिच प्रतिस्पर्धा छ । उनीहरूमध्येबाट हुने...

भोलिदेखि पोखरा–छेन्दु नियमित उडान

काठमाडौं: नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान सञ्चालन गर्ने छ। यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन,...

लागूऔषध कारोबारमा कुरा नमिल्दा पोखरामा खुँडा प्रहार

पोखरा: पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरेर फरार भएका पोखरा-१७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो। अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा...

वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार

पोखरा — सार्वजनिक जग्गा अतिक्रमण रोक्न पुगेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार भएको छ। शनिबार स्थानीय भूपेन्द्र गिरिले वडाध्यक्ष सुवेदीमाथि रड प्रहार गरेका हुन्। वडाध्यक्ष सुवेदीले बताएअनुसार, बाझीपोखरी क्षेत्रमा पोखरीको कित्ताको सार्वजनिक जग्गामा घर निर्माण हुँदै गरेको थाहा पाएपछि रोक्न पुगेका थिए। सार्वजनिक जग्गामा घर बनाउन नदिन आग्रह...

लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताउनुभएको छ । आइतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले योजनाहीन धैयर्ता र सक्रियता नभइ योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आशावादीताका...

गजामा इसराइलको हवाई हमला, तीन पत्रकार सहित ९ प्यालेस्टिनीको मृत्यु

फाइल तस्बिर। काठमाडौँ : गजामा युद्धविरामको विषयमा इजिप्टको राजधानी काहिरोमा वार्ता भइरहेको बीच, इसराइलले शनिबार राति गजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको छ। आक्रमणबाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसमा तीन जना पत्रकार पनि समावेश छन्। आक्रमणमा अन्य धेरै गम्भीर घाइते भएका छन्। आक्रमण भनेको...