च्याम्पियन्स लिग : यी हुन् क्वार्टरफाइनल प्रवेश गरेका चार टोली

काठमाडौं : यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले इंग्लिस क्लब लिभरपुललाई उसैको मैदानमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। मंगलबार राति एन्फिल्डमा भएको खेलको दोस्रो लेगमा पीएसजीले १–० को अग्रता बनाएपछि नतिजा पेनाल्टी सुटआउटबाट निर्धारण भएको थियो। पेनाल्टीमा पीएसजीले ४–१ ले जित निकालेको हो। पहिलो लेगमा लिभरपुलले...

एसईईमा पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को आगामी चैत ७ गते सुरु हुने एसईईको सबै तयारी पूरा भएको जानकारी दिएको छ। सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको र परीक्षा केन्द्रको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए। यस वर्षको एसईईमा...

बालुवा खन्याउँदा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानीमा गए राति करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ।मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३-००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेर १५ वर्षीय सुमन खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ...

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ

काठमाडौँ — फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन्। उनलाई मानवताविरुद्ध अपराध गरेको आरोपमा फिलिपिन्स प्रहरीले मंगलबार पक्राउ गरेको हो। अन्तर्राष्ट्रिय आपराधिक अदालत (ICC) ले दुतेर्तेविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो। दुतेर्ते मनीला एयरपोर्टबाट पक्राउ परेका हुन्। हङकङबाट फर्किएका उनलाई एयरपोर्टमा नै पक्राउ गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। दुतेर्ते...

न्युकासलको शीर्ष चारमा प्रवेशको दाबी

काठमाडौँ — न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामलाई १–० ले हराउँदै शीर्ष चारको दाबी प्रस्तुत गरेको छ। खेलको एक मात्र गोल ब्रुनो गुइमारेसले दोस्रो हाफमा गरेका थिए। यो जितसँगै न्युकासल ४७ अंकका साथ छैटौं स्थानमा रहँदा, चौथो स्थानमा रहेको चेल्सीसँग मात्र दुई अंकको दूरी रहेको छ। साथै, पाँचौं स्थानमा...

घट्यो सुन–चाँदीको भाउ

आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सोमबार एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य एक लाख ७० हजार...

स्ववियु निर्वाचनको मनोनयन दर्ता आज

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया आज सुरु भएको हो। प्रत्यक्ष र समानुपातिक उम्मेदवारका मनोनयन पत्रहरू बिहान ११ बजे देखि २ बजेसम्म दर्ता गरिने तालिका रहेको छ। सोमबार भने उम्मेदवारका मनोनयन पत्र वितरण गरिएको थियो। त्रिभुवन...

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा त्रिभूवन विश्वविद्यालय ऐन,...

कतारले कागजातविहीन आप्रवासीलाई आममाफी दिएको छ

कतारले आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने अवसर दिएको छ। स्वदेश फर्कने क्रममा श्रमिकहरूले कतार सरकारलाई कुनै जरिवाना तिर्नु पर्ने छैन र डिपोर्टेशन सेन्टरमा बस्नुपर्ने पनि छैन। कतारको आन्तरिक मन्त्रालयद्वारा आइतबार जारी गरिएको सूचनाअनुसार, आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नगरेका श्रमिकहरू अब स्वदेश फर्कन पाउने छन्। तर,...

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा बुलन्द हुनु आवश्यक : राष्ट्रपति पौडेल

फाइल काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याउने नेपालजस्ता मुलुकहरू प्रभावित भइरहेको भन्दै जलवायु न्यायको मुद्दा सबै अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठाइनु आवश्यक भएको बताएका छन्। नेपाल भौगर्भिक समाजद्वारा आयोजित नेपाल भौगर्भिक सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपतिले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्ने र प्राकृतिक प्रकोपको व्यवस्थापन जस्ता विषयहरू आजको...