नेपालले शिक्षामा छलाङ मारेको भएपनि सन्तोषको अवस्था छैन: पूर्वराष्ट्रपति यादव

फाइल तस्बिर। काठमाडौं — नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोषजनक  नरहेको बताउनुभयो । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले शिक्षामा सुधारका प्रयास भएका भएपनि देशभर विद्यार्थीलाई खुशी र सन्तुष्ट राख्न नसकिएको बताउनुभयो। उहाँले सरकारको प्राथमिकता आफ्ना युवालाई स्वदेशमै राख्नको लागि आवश्यक वातावरण सिर्जना...

तामाकोसी नदीमा पौडी खेल्दा एसईई परीक्षार्थीको मृत्यु

दोलखा — तामाकोसी नदीमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। विगु गाउँपालिका-२, ओराङका १७ वर्षीय प्रविण तामाङको निधन भएको पुष्टि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक दाताराम अधिकारीले गरेका छन्। प्रविण तामाङ, जो ओराङको देउलाङ्गश्वरी माध्यमिक विद्यालयका एसईई परीक्षार्थी थिए, बिहीबार बिहान पहिलो दिनको अनिवार्य अंग्रेजी परीक्षा...

सिरहामा नक्कली बुवा बन्ने एक व्यक्ति पक्राउ

सिरहा — सिरहामा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन नक्कली बुवा बन्ने एक व्यक्ति पक्राउ परेका छन्। नरहा गाउँपालिका-३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, मियाँलाई मंगलबार साँझ उनका घरबाटै पक्राउ गरिएको हो। उनले थपे, सिरहा जिल्ला अदालतबाट बुधबार म्याद लिएर मियाँमाथि विस्तृत अनुसन्धान प्रक्रिया शुरु...

राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाको आन्दोलन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ। बैठकले लिङ्देनको नेतृत्वमा आन्दोलन परिचालन मूल समिति गठन गर्ने र आगामी कार्यक्रमहरू घोषणा गर्ने निर्णय गरेको हो। राप्रपाले राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसँगै चैत १२ गते बैठक राखेर आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।...

ट्रम्प र पुटिनको फोन कुराकानी, युक्रेनसँग ३० दिन युद्धविरामको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग जारी युद्ध ३० दिनका लागि रोक्ने प्रस्ताव गर्नुभएको छ। यस बारेमा ट्रम्पले आज रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गर्नेछन्। युक्रेनले युद्धविरामका लागि सहमति जनाए पनि रूसले अहिलेसम्म स्वीकार गरेको छैन। ट्रम्पले रूसले अस्थायी युद्धविराम अस्वीकार गरे कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन्। पुटिनले यसअघि पश्चिमी...

२५ करोडको विदेशी मुद्रा बरामद, स्रोत खुलेन

काठमाडौं। सोमबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा जाँदै गरेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरो बरामद गरेको छ। ट्रक चालक कुसाङ लामा, जो पहिले पनि सुन तस्करीको आरोपमा पक्राउ परेका थिए, यसपटक विदेशी मुद्रा सँगै समातिएका छन्। प्रहरीको सादा पोशाक टोलीले ट्रकमा खोजना थालेपछि लामा आत्तिएर विदेशी...

पोखरा बेलुन विस्फोट घटनामा छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौँ । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयमा छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई आफ्नो प्रतिवेदन बुझाएको छ। भ्रमण वर्षको उद्घाटन समारोहमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। घटनापछि गृहमन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला...

स्ववियु निर्वाचनको विषयमा विवाद उत्पन्न, ४ जना नेता घाइते

काठमाडौँ । पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका चार जना नेता घाइते भएका छन्। स्ववियु निर्वाचनको विषयमा विवाद उत्पन्न भएपछि नेविसंघ र अनेरास्ववियुका कार्यकर्ता बीच झडप भएको थियो। यस झडपमा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका छन् भने राजीव अधिकारी र समिक राई लगायत अन्य नेताहरू पनि...

प्रहरी कार्यालय नजिकै युवकमाथि खुकुरी प्रहार

दाङ । मंगलबार दिउँसो तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।तुलसीपुर उपमहानगरपालिका-१८ का १८ वर्षीय एक युवकमाथि दुई अपरिचित व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार, खुकुरी प्रहारबाट ती युवकको ढाडमा गम्भीर घाउ लागेको छ। घाइतेलाई प्रारम्भिक उपचारका लागि तुलसीपुरस्थित राप्ती...

पाँचौ राष्ट्रिय श्रमतथा रोजगार सम्मेलनः“आन्तरिक रोजगार प्रवद्धन दशक”घोषणा, कार्यान्वयन यसरी हुँदै…

पाँचौ राष्ट्रिय श्रमतथा रोजगार सम्मेलनः“आन्तरिक रोजगार प्रवद्धन दशक”घोषणा, कार्यान्वयन यसरी हुँदै…
राष्ट्रिय श्रम तथा रोजगारी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। यस सम्मेलनको सफलता र उपलब्धिहरू के रहे भन्ने कुरा १६ बुँदे घोषणापत्र जारी गर्दै स्पष्ट गरिएको छ। अब सरकारको आगामी कदम कस्ता हुनेछन् भन्ने विषयमा कुराकानी गर्न यस पटक Image Channel द्वारा प्रसारितकार्यक्रम Talk of the Town मा श्रम, रोजगार र...