शारदामा मानव मलमूत्र व्यवस्थापनका लागि छलफल , युएन ह्याबिट्याटसँग सहकार्य

शारदामा मानव मलमूत्र व्यवस्थापनका लागि छलफल , युएन ह्याबिट्याटसँग सहकार्य
सल्यान: सल्यानको शारदा नगरपालिकाले मानवजन्य मलमुत्र लेदो (दिसा–पिसाब)  व्यवस्थापनमा भविष्यमा देखिन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै समयमै पूर्वतयारी थालेको छ। ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार कार्यक्रम’ अन्तर्गत युएन ह्याबिट्याट र शारदा नगरपालिकाबीच आज भएको छलफलमा यस्तो तयारीबारे जानकारी दिइएको हो।छलफलका क्रममा नगर उपप्रमुख सुस्मिता सापकोटाले हालसम्म शौचालयका सेप्टिक ट्याङ्क...

तीन महिनामा ३० उपलब्धि

तीन महिनामा ३० उपलब्धि
काठमाडौँ, । सरकारले दुर्गम जिल्लाका थप पाँच गाउँपालिकामा फोरजी इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिनाको उपलब्धि सार्वजनिक गर्दै नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या तीन महिनामा दुई लाख वृद्धि भएको बताउनुभएको छ । उहाँले आफू मन्त्री भएको तीन महिनामा ३० वटा उपलब्धि सार्वजनिक...

धानखोला–लमही खण्ड चार लेनमा निर्माणको मागसहित स्थानीय आन्दोलनमा

धानखोला–लमही खण्ड चार लेनमा निर्माणको मागसहित स्थानीय आन्दोलनमा
रुपन्देही: एमसीसी परियोजना अन्तर्गत दाङ देउखुरी क्षेत्रको धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको टेन्डर प्रक्रिया सुरु भएपछि स्थानीयहरू आन्दोलनमा उत्रिएका छन्। एमसीए–नेपाल र ठेकेदार कम्पनीबीच सम्झौता गर्न लागिएको सार्वजनिक भएपछि स्थानीयहरूले संघर्ष समिति गठन गरी विरोध प्रदर्शन थालेका हुन्। स्थानीयहरूका अनुसार देउखुरी क्षेत्रमा शहरीकरण बढ्दै गएसँगै दुई लेनको सडक साँघुरो भई दुर्घटनाको जोखिम बढेको...

त्रिभुवन विमानस्थलबाट गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा करिब चार किलो २८४ ग्रामसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन्। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले बैंककबाट काठमाडौं आएका रञ्जितको लगेज जाँच गर्ने क्रममा लागूऔषध फेला...

सोमबार सुनको मूल्यमा उछाल, चाँदीको भाउ पनि वृद्धि

काठमाडौं:नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ, जुन हालसम्मको उच्चतम मूल्य हो। यसअघि आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ३०० रुपैयाँ थियो। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको...

आज सिंहदरबारमा निर्वाचन व्यवस्थापनबारे उच्चस्तरीय छलफल हुने

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन सम्बन्धी कानुन र व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी हुनेछन्। छलफलका क्रममा गृह मन्त्रालयका अधिकारीहरूद्वारा वर्तमान अवस्था र आवश्यक तयारीबारे जानकारी गराइनेछ भने निर्वाचन आयोगले समेत आफ्नो...

अनलाइन टेलिभिजन र युट्युब च्यानलका लागि आवश्यक नीति बनाउन सरकारको तयारी

अनलाइन टेलिभिजन र युट्युब च्यानलका लागि आवश्यक नीति बनाउन सरकारको तयारी
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ। मन्त्रालयमा आइतबार आयोजित छलफल कार्यक्रममा मन्त्री खरेलले सरकार नीतिगत सुधार गरी अनलाइन टेलिभिजन मिडियासँग सहकार्य गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। उहाँले अनलाइन मिडियालाई “न्यू मेन स्ट्रिम मिडिया” भनेर व्याख्या गर्दै, यसले देश...

‘राष्ट्रिय सहमति भए ई–भोटिङ सम्भव’: सञ्चार मन्त्री खरेल

‘राष्ट्रिय सहमति भए ई–भोटिङ सम्भव’: सञ्चार मन्त्री खरेल
ललितपुर — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राजनीतिक र राष्ट्रिय सहमति भए ई–भोटिङको व्यवस्था कम खर्चमै गर्न सकिने बताउनु भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट २०२५’ मा सम्बोधन गर्दै मन्त्री खरेलले डिजिटल माध्यमबाट मतदान गर्न दबाब दिनुपर्ने...

२४० किलो चरेससहित दुई जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले करिब २४० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २९ वर्षीय सरोज मोक्तान र २१ वर्षीय नवराज लो रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार (पुस ६) बेलुका वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुर ढाँटबाट अवैध लागुऔषध चरेससहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको...

आफ्नो पहिचान जोगाउन मौलिक संस्कृति आवश्यक : प्रधानमन्त्री

आफ्नो पहिचान जोगाउन मौलिक संस्कृति आवश्यक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजका मौलिक परम्परा, संस्कृति र वेशभूषा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा प्रधानमन्त्री कार्कीले आधुनिकतासँगै संस्कृतिभित्र रहेका हानिकारक प्रथा सुधार गर्दै मौलिक पहिचान जोगाएर अघि बढ्नुपर्ने बताउनुभयो। भेटका क्रममा परिषद्का प्रतिनिधिहरू गुरुङ समुदायको परम्परागत वेशभूषामा...