पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु

बाँके : बाँके जिल्लाको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ।यसपछि स्थानीयवासीहरू आक्रोशित भएर पानी ट्यांकरमा आगजनी गरेका छन्। प्रहरी चौकी बेतहनीमा पनि ढुंगामुढा हुन थालेको छ।घटनास्थलतर्फ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफैं पुग्नुभएको छ। जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार आइतबार...

इन्टरनेटको तार तान्ने क्रममा करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु

गोरखा : गोरखाको आरुघाट गाउँपालिका-६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ। आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी र प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। "करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका...

औरही घटनाको छानबिन गर्न संसदीय समितिको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गर्नुभएको छ । आजको राष्ट्रिय सभा बैठकमा सांसद रिजालले सिरहाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका...

मन्त्रीहरुलाई लोसपाको निर्देशन: जनअपेक्षाअनुसार काम गर्नुहोस्

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आफ्ना मन्त्रीहरुलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको छ। लोसपाले हिजो सचिवालयको बैठकमा यस सम्बन्धी सुझाव दिएको हो। पार्टीका मन्त्रीहरू सङ्घ र मधेश प्रदेश सरकारमा समावेश छन्। हालको सरकारको आलोचना भइरहँदा लोसपा नेपालले मन्त्रीहरूलाई जनहित र जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेको हो। लोसपा...

ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको पाखापानीमा भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। निर्माणाधीन लुलाङ–गुर्जा सडकखण्डअन्तर्गत देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग.१त ७१९६ नम्बरको ट्र्याक्टर सडकदेखि करिब १५० मिटर तल खोचमा खस्दा दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा लुलाङका २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै र १८ वर्षीय डेबिन विकको उपचारका क्रममा मृत्यु भएको...

उजुरी छानबिन गर्न पाँचवटा उपसमिति गठन

उजुरी छानबिन गर्न पाँचवटा उपसमिति गठन
काठमाडौं – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विभिन्न उजुरीहरूको छानबिन गर्न पाँचवटा उपसमिति गठन गरेको छ।शुक्रबार सिंहदरबारमा भएको समितिको बैठकले एक सय उजुरीमध्ये ४८ वटा उजुरीको छानबिनका लागि उपसमितिहरू गठन गरेको हो।बैठकले टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरीहरू छानबिन गर्न मनिष झा नेतृत्वमा एक उपसमिति गठन गरेको छ। उक्त उपसमितिमा अच्युत...

अर्घाखाँचीको सन्धिखर्कमा आगलागी

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १० धरम्पानीमा आज बिहान आगलागी हुँदा २ घर र एक पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्। प्रहरीका अनुसार, सन्धिखर्क १० धरम्पानीका बलबहादुर आचार्यको घरमा विद्युत सर्ट भएर आगो लागेको हो। आगलागीको खबर प्राप्त भएपछि स्थानीयवासी, प्रहरी र दमकलको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिएको...

घुस रकमसहित पोखरा महानगरका कर्मचारी पक्राउ

पोखरा — पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियारले बिहीबार दिउँसो न्युरोडमा गिरीलाई पक्राउ गरेको हो। गिरी पोखरा महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत थिए र उनीबाट अख्तियारले २५ हजार रुपैयाँ घुस रकम बरामद गरेको छ। ...

नेपालले शिक्षामा छलाङ मारेको भएपनि सन्तोषको अवस्था छैन: पूर्वराष्ट्रपति यादव

फाइल तस्बिर। काठमाडौं — नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोषजनक  नरहेको बताउनुभयो । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले शिक्षामा सुधारका प्रयास भएका भएपनि देशभर विद्यार्थीलाई खुशी र सन्तुष्ट राख्न नसकिएको बताउनुभयो। उहाँले सरकारको प्राथमिकता आफ्ना युवालाई स्वदेशमै राख्नको लागि आवश्यक वातावरण सिर्जना...

तामाकोसी नदीमा पौडी खेल्दा एसईई परीक्षार्थीको मृत्यु

दोलखा — तामाकोसी नदीमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। विगु गाउँपालिका-२, ओराङका १७ वर्षीय प्रविण तामाङको निधन भएको पुष्टि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक दाताराम अधिकारीले गरेका छन्। प्रविण तामाङ, जो ओराङको देउलाङ्गश्वरी माध्यमिक विद्यालयका एसईई परीक्षार्थी थिए, बिहीबार बिहान पहिलो दिनको अनिवार्य अंग्रेजी परीक्षा...