थप्पड हानेको निहुँमा विवाद, २० जना मिलेर चार जनामाथि आक्रमण

काठमाडौँ — चैत ११ मा साँझ, एलआरआई स्कुल नजिक गोले सहितका चार जनामाथि ठूलो समूहमा आएका युवाहरूले आक्रमण गरेका छन्। प्रहरीको अनुसन्धान अनुसार, यस आक्रमणमा २३ वर्षीय सन्दिप भुजेल, हेटौँडा घरका पवन तामाङ ‘चक्रे’, र २२ वर्षीय पासाङ शेर्पा घाइते भएका छन्। उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानका...

एसियन कप फुटबल छनौटमा आज नेपाल र मलेसिया भिड्ने

काठमाडौं: ए.एफ.सी एसियन कप फुटबल छनौट खेलमा आज नेपाल र मलेसिया आमनेसामने हुनेछन्। खेल मलेसियामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ। नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ। एसियन कप छनौटमा नेपालको लक्ष्य उच्च रहँदै, सकेसम्म माथिल्लो चरणमा पुग्ने चाहना...

कुलमानको बर्खास्तीको विरोधमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तीको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। ‘नेपाली जनता’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीहरू माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म यात्रा गर्दै थिए। प्रदर्शनकारीहरूले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन, कुलमान घिसिङ जिन्दावाद, उज्यालो नेपाल जिन्दावाद’ लगायतका नारा लेखिएको ब्यानरका साथ प्रदर्शन गरेका थिए। आन्दोलनमा एकीकृत समाजवादीका...

प्रधानमन्त्री ओली थाइल्यान्ड जाने, मोदीसँग भेटवार्ता गर्ने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्यान्ड जाने भएका छन्। बिम्स्टेकको छैटौँ शिखर सम्मेलन आगामी चैत २० देखि २२ गते थाइल्यान्डको बैंककमा आयोजना हुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बताए, "प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउन थाइल्यान्ड जाने तयारीमा छन्।" यस अनुसार, चैत २० मा बिम्स्टेक विदेश सचिवस्तरीय...

इजिप्ट र युरोपेली संघका कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गरेका छन्। कायरोमा युरोपेली संघका शीर्ष कुटनीतिज्ञसँगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अब्देलाट्टीले गाजा पट्टीमा नागरिकविरुद्ध इजरायली सैन्य कारवाही पुनः शुरु गर्ने कुरा अस्वीकार गरेको बताए। अब्देलाट्टीले भने, "सबै...

संविधानको रक्षा गर्न प्रतिवद्ध छौं: संविधान सभा परिषद् नेपाल

काठमाडौं। संविधान सभा परिषद् नेपालले देशमा अराजक गतिविधिहरूका कारण अस्थिरता सिर्जना भएको र यसले राजनीतिक अस्थिरता बढाएको जनाएको छ। सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परिषद्ले यस्तो ठहर गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष अनन्त पौडेलले अराजक गतिविधिहरूले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने र नेपाली समाजलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका...

प्रधानमन्त्री कपमा बागमतीको दमदार प्रदर्शन, कर्णालीलाई ५८ रनले हरायो

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ। बाँया हाते पेसर रिजन ढकाल र बाँया हाते स्पिनर सूर्य तामाङको शानदार बलिङको मद्दतले कर्णालीलाई ५८ रनमै अलआउट गर्यो। लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले १ विकेट गुमाउँदै मात्र ६.३ ओभरमा पूरा...

लागुऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कपिलवस्तु प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत कपिलवस्तुको ०७१ असार ३० गतेको फैसला अनुसार लागुऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख जरिवाना तोकिएका कृष्णनगर नगरपालिका-३ का राजेन्द्रकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। अग्रवाललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार कृष्णनगर नगरपालिका-३ मा लुकिछिपी बसिरहेको अवस्थामा...

त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यस वर्षको स्ववियु निर्वाचन चैत १३ गते हुने भएको छ।पहिले चैत ५ गते तोकिएको स्ववियु निर्वाचन तालबन्दीका कारण स्थगित गरिएको थियो।निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार जारी गरेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने पुष्टि गरिएको छ।निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेदेखि सुरू हुनेछ।स्ववियु चुनावको मिति निर्धारण...

प्रधानमन्त्रीको नेतृत्वमा”सफा नेपाल अभियान”शुरु हुँदै…मन्त्रीका उपलब्धि र प्रतिबद्धता यस्ता छन्…

प्रधानमन्त्रीको नेतृत्वमा”सफा नेपाल अभियान”शुरु हुँदै…मन्त्रीका उपलब्धि र प्रतिबद्धता यस्ता छन्…
वरिष्ठ पत्रकार जगदीश खरेल निरन्तर रूपमा खानेपानी र सरसफाइ सम्बन्धी बहस कार्यक्रम "Talk of Town" मार्फत जनचेतना फैलाउँदै आउनुभएको छ। यस अङ्कमा, खानेपानी मन्त्री प्रदीप यादवसँग सुरक्षित र दिगो खानेपानी तथा सरसफाइका सन्दर्भमा हालका योजनाहरू र आगामी कदमहरूबारे गहिरो छलफल भएको छ। मन्त्री यादवले यस कार्यक्रममार्फत सरकारको प्रगति र आगामी दिनमा...