नेप्से परिसूचकको लगातार ओरालो यात्रा, कारोबार रकम पनि घट्यो

काठमाडौं : नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा अडिएको छ। यस दिन ३०८ कम्पनीका २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक घटेपनि समाज लघुवित्त, गार्डियन माइक्रो...

टीकाथलीमा बोरिङ गर्दा आगो निस्कियो, साढे दुई घन्टापछि निभाइयो

ललितपुरको टीकाथलीमा खानेपानीका लागि बोरिङ खन्दै गर्दा आगो निस्किएको छ। मंगलबार बिहान ललितपुरको टीकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिकै डिप बोरिङ गर्दा आगो निस्किएको हो। बिहान ९ः३० बजेको समयमा निस्किएको आगो झन्डै साढे दुई घन्टापछि नियन्त्रणमा लिएको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले जानकारी दिए। उनका अनुसार, २५ दिनदेखि त्यहाँ...

स्वच्छ भारत अभियानका प्रविधि नेपालले अपनाउने

काठमाडौं : नेपाल सरकारले अब स्वच्छ भारत अभियानमा प्रयोग भएका प्रविधिहरूलाई अपनाउने निर्णय गरेको छ। खानेपानी, सरसफाइ, स्वच्छता र फोहोर व्यवस्थापनका क्षेत्रहरूमा भारत र नेपाल सरकार बीच सहकार्य गर्ने समझदारी भएको हो। यस समझदारी अनुसार, भारत सरकारले स्वच्छ भारत अभियान अन्तर्गत अपनाइएका प्रविधिहरू नेपाललाई हस्तान्तरण गर्नेछ। भारतका विभिन्न तालिम केन्द्रहरूमा नेपाली...

नेपाल बार निर्वाचनको मतदाता नामावलीमा विवाद, कार्यालय घेराउ

काठमाडौं। कांग्रेससँग निकटता राख्ने डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का कानुनी पेशामा संलग्न सदस्यहरूले नेपाल बार एसोसिएसनको निर्वाचन समितिको कार्यालय घेराउ गरेका छन्। आउँदो चैत २३ गते हुने नेपाल बार केन्द्रीय कार्यसमिति निर्वाचनको मतदाता नामावलीमा केही विवाद उठेपछि उनीहरूले उक्त कार्यालय घेराउ गरेका हुन्। उच्च अदालत बार एसोसिएसनले काठमाडौं जिल्ला अदालत बारका ७११...

मधेश सरकारको आवासमा प्रतिष्ठानका सदस्य मृत फेला

मधेश सरकारको आवासमा प्रतिष्ठानका सदस्य मृत फेला
जनकपुर — मधेश प्रदेश सरकारको आवासीय क्षेत्र, मधेश भवन परिसरमा मधेशी सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत अवस्थामा फेला परेका छन्। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, अन्दाजी ४० वर्षका यादव मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन्। उनले बताएअनुसार, राति सुत्न गएका यादव बिहान मृत अवस्थामा फेला परेका...

समानीकरण अनुदानमा संशोधन, ४.९२ प्रतिशत कटौती

काठमाडौं: सरकारले वित्तीय समानीकरण अनुदानमा केहि संशोधन गर्दै पठाएको छ। प्रदेश र स्थानीय तहको संवैधानिक अधिकारको रूपमा मानिएको समानीकरण अनुदानमा कटौतीको चौतर्फी विरोध भएपछि सरकारले यसमा परिवर्तन गरेको हो। महालेखा नियन्त्रक कार्यालयले तेस्रो किस्ताको अनुदानको २५ प्रतिशतमध्ये २१.०७ प्रतिशत मात्र पठाउने निर्णय गरेको छ। नयाँ संशोधनपछि, ४.९२ प्रतिशतको मात्र कटौती गरिएको...

कुमारी सहकारी ठगी प्रकरण: थुनछेक बहस हुने

पोखरा — म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरूसँग जिल्ला अदालतमा मंगलबार थुनछेक बहस हुने भएको छ। अदालतका श्रेस्तेदार भोलाप्रसाद रेग्मीका अनुसार, सहकारीको रकम हिनामिनाको मुख्य योजनाकार राजकुमार थापा, रुद्र गुरुङ, र मनबहादुर थजालीका बयान सकिएका छन्, त्यसैले मंगलवार ती व्यक्तिहरू विरुद्ध थुनछेक बहस...

ट्रम्पले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्य रातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोका सबै उत्पादनमा आजदेखि २५ प्रतिशत भन्सार महसुल लागु गर्ने घोषणा गरेका छन्। यो भन्सार मध्यरातदेखि लागू हुनेछ। यसअघि पनि ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए, तर क्यानडाबाट आउने कच्चा तेलमा मात्र १०...

मंगलबारदेखि वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश आन्दोलन स्थगित 

दाङ — सामुदायिक वनमा कर खारेजीको माग गर्दै आइतबारदेखि आन्दोलित भएको सामुदायीक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितिले मंगलबारदेखि आन्दोलन स्थगित गरेको छ । लुम्बिनी प्रदेश सरकारले वार्ताका लागि आह्वान गरी पत्राचार गरेपछि आन्दोलन स्थगित गरी वार्तामा जान तयार भएको महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले बताइन् । महासंघले आइतबार र सोमबार लुम्बिनी प्रदेश...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं : आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा पुगेको हो। यसदिन ३०० स्क्रिप्सको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक घटे तापनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर...