यो सरकार नढलोस्, गठबन्धन अझै लामो जाओस् : सांसद झा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैन भन्ने गरेको भन्दै गठबन्धन सरकार लामो जाओस् भनेर कटाक्ष गरेका हुन्। ‘प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन ढल्दैन भनेको अभिव्यक्ति सुनिरहेका छौँ। प्रतिपक्षको बेन्चबाट भन्न चाहन्छौँ– यो...

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीको माग

काठमाडौँ — काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र 'संयुक्त जनआन्दोलन समिति' का अगुवा दुर्गा प्रसाईंसहित अन्य केही व्यक्तिहरूलाई थप म्यादको लागि अदालतमा पेश गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार आइतबार मिश्र, प्रसाईंलगायतलाई अदालतमा उपस्थित गराई थप...

प्रधानमन्त्रीको शिक्षकहरूलाई आग्रह : “वार्तामा बसौं, विद्यार्थीको भविष्य नबिगारौं

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा सहभागी भई विद्यालय फर्कन आग्रह गरेका छन्। उनले राज्यले सम्भव हुने मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै विद्यार्थीको पठनपाठनमा असर नपार्न शिक्षकहरूलाई आग्रह गरे। कीर्तिपुरमा आयोजित नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले सरकारले दमन होइन, संवादलाई...

नेप्से ७.७५ अंकले घट्यो, कारोबार रकममा वृद्धि

काठमाडौँ । देशको सेयर बजार परिसूचक नेप्से सोमबार ७.७५ अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशतले घट्दै नेप्से २,६९८.२८ विन्दुमा झरेको हो। आइतबार नेप्से १६.६८ अंकले घटेर २,७०६.०४ विन्दुमा बन्द भएको थियो। सोमबारको कारोबारमा कुल ११२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १३३ कम्पनीका घटेका छन्। एक कम्पनीको सेयर मूल्य...

दोहोरो सुविधा लिन नपाइने व्यवस्थामा अब समस्या छैन : सांसद बडू

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानुनी व्यवस्था भइसकेको स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले हालसम्म केही कर्मचारीले निवृत्तिभरणपछि पेन्सन र पुनः सरकारी नियुक्तिमा पाउने सुविधा दुबै लिँदै आएको विषयमा कानुनमा स्पष्ट व्यवस्था नभएका...

धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालनमा रहेका सबै निजी विद्यालय हालका लागि बन्द

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालनमा रहेका सबै निजी विद्यालय हालका लागि बन्द गरिएका छन्। नगर क्षेत्रभित्र सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि अभिभावक र सरोकारवाला पक्षको सहमतिमा यो निर्णय गरिएको हो। नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार कार्यक्रम अघि बढाइरहेको समयमा बाहिरी पालिकाका बोर्डिङ विद्यालयहरूले यहाँका विद्यार्थीलाई आफूतिर तान्ने प्रयास गरिरहेको गुनासो...

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’ मा राखियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण (हबियस कर्पस) सम्बन्धी रिट सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’मा परेको छ। सुनुवाइका लागि उक्त रिट आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। रिट लामिछानेकी श्रीमती निकिता पौडेलले दायर गरेकी थिइन्।...

गभर्नर नियुक्ति विवादको रिट आज पनि सर्वोच्चबाट हेर्न नभ्याइने

काठमाडौं । गभर्नर नियुक्ति सम्बन्धी विवादमा दायर रिटमाथि आज पनि सर्वोच्च अदालतले सुनुवाइ गर्न सकेन। गभर्नर नियुक्तिका लागि उमेर हद हटाइएको र गुणाकर भट्टको योग्यता नपुगेको दाबी गर्दै दायर गरिएको रिट सोमबार न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको थियो। तर, कार्यव्यस्तताका कारण सो रिट हेर्न नभ्याइनेमा राखिएको हो। यसअघि...

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १६.६८ अंकले घट्दै २,७०६.०४ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ०.६१ प्रतिशतको गिरावट हो। लगातार तीन दिनको वृद्धिपछि नेप्सेमा आइतबार दोहोरो अंकको गिरावट आएको हो। सो दिन ५३ कम्पनीका सेयर मूल्यमा वृद्धि देखिए पनि १९२...

परराष्ट्रमन्त्री डा. आरजु राणा युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्न बैंकक प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन आइतबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन्। अप्रिल २१ देखि २५ तारिखसम्म बैंककमा आयोजना हुने युएनस्केपको सत्रमा नेपाल हाल अध्यक्ष राष्ट्र रहेकोले मन्त्री डा. राणाले सत्रको अध्यक्षता गर्नेछिन्।...