स्थानीय तहमा पुग्दै जनताको अपेक्षा बुझ्दै सरकार

स्थानीय तहमा पुग्दै जनताको अपेक्षा बुझ्दै सरकार
ललितपुर – सरकारले नागरिकसँग प्रत्यक्ष संवाद मार्फत माग, सुझाव र समस्या बुझ्ने अभियानलाई निरन्तरता दिएको छ। यस अभियानअन्तर्गत सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेल आज महालक्ष्मी नगरपालिकाको वार्ड नम्बर ७ मा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवादमा सहभागी हुनु भएको छ। मन्त्री खरेलले कार्यक्रममा उपस्थित नागरिकसँगको संवादमा भन्नुभयो, “सरकारको कामकाज केवल सिंहदरबारमा...

जाँचबुझ आयोगले देउवा र दाहाललाई सोधपुछका लागि पत्र पठायो

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको अध्ययनका लागि गठन गरिएको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पत्र पठाएको छ। आयोगका एक सदस्यका अनुसार ती दुई दिन भएका घटनाबारे जानकारी लिन आयोगले पत्राचार गरेको हो र सम्बन्धित नेताहरूले पत्र प्राप्त गरिसकेका...

स्थानीयको माग उपेक्षा गरेर कुनै पनि विद्युत आयोजना अघि नबढाइने : मन्त्री घिसिङ

स्थानीयको माग उपेक्षा गरेर कुनै पनि विद्युत आयोजना अघि नबढाइने : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको माग र अधिकारलाई बेवास्ता गर्दै कुनै पनि विद्युत आयोजना अघि नबढाइने स्पष्ट पार्नुभएको छ। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै मन्त्री घिसिङले जलविद्युत आयोजनालाई सहज रूपमा अघि बढाउन प्रभावित क्षेत्रका नागरिकले लचकता अपनाउनु आवश्यक रहेको बताउनुभयो। स्थानीय...

पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको स्थान हद फुकुवा गरिएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्रीको जिम्मेवारीमा रहेका लेखकलाई सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले अनुसन्धानका लागि स्थान हद तोकेको थियो। आयोगले बुधबार लेखकसँग पूरक बयान लिइसकेपछि उहाँविरुद्धको स्थान हद हटाउने निर्णय...

काठमाडौंमा ठगीको घटना: नक्कली सुन देखाएर रकम असुली

काठमाडौं —सुनजस्तो देखिने वस्तु देखाएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी नगरपालिका–५, थली क्षेत्रमा सस्तो मूल्यमा सुन उपलब्ध गराइदिने भन्दै दुई जनाबाट रकम असुली गरिएको थियो। सुनजस्तै देखिने वस्तु देखाएर विश्वास दिलाई उनीहरूले ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको...

घरमै कपडा सुकाउने क्रममा करेन्ट लाग्दा महिलाको ज्यान गयो

काठमाडौं —कञ्चनपुर जिल्लामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–७, पौलाह निवासी २८ वर्षीया हरिना चौधरीको सोमबार बिहान करेन्ट लागेपछि मृत्यु भएको हो। प्रहरीका अनुसार आफ्नै घरमा कपडा सुकाउने क्रममा विद्युत् तारमा छुँदा उनलाई करेन्ट लागेको थियो। घटनामा गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरी...

सेयर बजारमा गिरावट, अधिकांश स्टक्स राताम्य

काठमाडौं, —साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आइतबार उल्लेख्य वृद्धि देखिएको नेप्से परिसूचक सोमबार १०.८९ अंकले घट्दै २६२२.५३ विन्दुमा झरेको हो। नेप्से परिसूचकसँगै यस दिनको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ। सोमबार ३३७ कम्पनीका १ करोड ३७ हजारभन्दा बढी...

मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल

मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
पोखरा ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताउनुभएको छ । नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको बताउनुभयो...

बालेनको वरीयता भोलि टुंग्याइने , रास्वपाले पार्टी बैठक बोलायो

बालेनको वरीयता भोलि टुंग्याइने , रास्वपाले पार्टी बैठक बोलायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको ‘बृहत् एकता’ सम्बन्धी सहमतिपछि पार्टीभित्र बालेनको वरीयता भोलि (पुस १४) निर्णय गरिने भएको छ। आइतबार (पुस १३) बालेन र रास्वपा सभापति रवि लामिछानेबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सहमतिपत्रमा रवि लामिछाने पार्टी सभापति रहने र आगामी प्रतिनिधिसभा...

टेरामक्स खरिद प्रकरणमा विशेष अदालतद्वारा थप प्रमाण झिकाउन आदेश

टेरामक्स खरिद प्रकरणमा विशेष अदालतद्वारा थप प्रमाण झिकाउन आदेश
काठमाडौँ । बहुचर्चित टेरामक्स प्रणाली खरिद प्रक्रियासँग सम्बन्धित मुद्दामा विशेष अदालतले थप प्रमाण संकलन गर्न र विज्ञको बकपत्र गराउन आदेश दिएको छ। उक्त मुद्दामा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतसहित १९ जना प्रतिवादी छन्। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले आइतबार सुनुवाइका क्रममा टेरामक्स प्रणाली खरिद प्रक्रिया...