भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा एक सय जनाको मृत्यु

भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा एक सय जनाको मृत्यु
काठमाडौँ — अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको सैन्य आक्रमणमा एक सय जनाको मृत्यु भएको पुष्टि भएको छ। आक्रमण भएको छ दिनपछि भेनेजुएलाका गृहमन्त्री डियोसदादो क्याबेलोले मृतकको संख्या सार्वजनिक गरेका हुन्। गृहमन्त्री क्याबेलोका अनुसार राजधानी कराकस लक्षित आक्रमणमा राष्ट्रपति निकोलस मदुरोको सुरक्षामा खटिएका सुरक्षाकर्मी र गुप्तचर अधिकारीहरूको ठूलो संख्या ज्यान गएको छ।...

राष्ट्रिय सभामा सुनिल थापा निर्विरोध निर्वाचित ?

विराटनगरबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित हुनुभएको छ। खुला समूह अन्तर्गत उहाँको उम्मेदवारीविरुद्ध अन्य कुनै पनि उम्मेदवार नपरेपछि निर्विरोध चयन भएको हो। निर्वाचन प्रक्रियाअनुसार सुनिल थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने आगामी पुस २७ गते गरिने निर्वाचन कार्यालयले जनाएको छ। खुला तर्फ प्रतिस्पर्धा नहुँदा उहाँको निर्विरोध...

अमेरिकाको भिजिट र बिजनेस भिसामा नयाँ व्यवस्था, नेपालीले धरौटी बुझाउनुपर्ने

काठमाडौं ।अब नेपाली नागरिकले अमेरिकाको भिजिट (बी–२) र बिजनेस (बी–१) भिसा प्राप्त गर्न धरौटी रकम बुझाउनुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त व्यवस्था आगामी माघ ७ गते (जनवरी २१) देखि लागू हुनेछ। नयाँ नियमअनुसार यी भिसामा अमेरिका जाने व्यक्तिले अधिकतम ६ महिनासम्म मात्र बस्न पाउनेछन्। भिसा अन्तर्वार्ताका क्रममा अमेरिकी दूतावासका...

सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि वृद्धि

काठमाडौं — साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ। समग्रमा ३३५ वटा स्क्रिप्सका १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँमा कारोबार भएका छन्। उच्च...

भारतले सहयोग नगरे ट्यारिफ बढ्ने ट्रम्पको चेतावनी

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेलको विषयमा सहयोग नगरे भारतीय सामानमाथि लाग्दै आएको आयात शुल्क थप बढाउन सक्ने चेतावनी दिएका छन्। सोमबार एक सम्बोधनका क्रममा ट्रम्पले भारतको रुससँगको तेल कारोबारप्रति आफ्नो प्रशासन लामो समयदेखि असन्तुष्ट रहेको बताएका हुन्। भारतले रुसबाट ठूलो परिमाणमा तेल खरिद गर्दै आएको विषयलाई उल्लेख...

जेनजी आन्दोलन घटनाको छानबिनपछि ओलीको आवत–जावतसम्बन्धी रोक हटाइयो

जेनजी आन्दोलन घटनाको छानबिनपछि ओलीको आवत–जावतसम्बन्धी रोक हटाइयो
काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ। जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन तथा जाँचबुझका लागि गठन गरिएको आयोगले ओलीमाथि लागू गरिएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यसअघि आयोगले छानबिनका क्रममा ओलीलाई विदेश भ्रमण गर्न तथा अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको...

यूके पठाउने प्रलोभनमा १८ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं — वैदेशिक रोजगारीका लागि यूके पठाइदिने आश्वासन दिई रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठान नगरपालिका–९ स्थायी ठेगाना भई हाल दाङको राप्ती गाउँपालिका–१ बसोबास गर्दै आएका ३९ वर्षीय इन्द्रबहादुर केसी, धादिङको थाक्रे गाउँपालिका–५ स्थायी ठेगाना भई हाल काठमाडौंको स्वयम्भू क्षेत्रमा बस्दै आएका ४० वर्षीय...

जनताको समस्या नजिकबाट बुझ्दै समाधान गर्दै सरकार, स्थानीयवासी हर्षित

जनताको समस्या नजिकबाट बुझ्दै समाधान गर्दै सरकार, स्थानीयवासी हर्षित
ललितपुर — सरकार केवल कागजात (फाइल) र सिंहदरबारका कोठाभित्र सीमित हुनु हुँदैन भन्ने दृष्टिकोणका साथ सरकारले नागरिकसँग प्रत्यक्ष संवादको अभियानलाई देशव्यापी रूपमा अघि बढाइरहेको छ। पछिल्ला केही महिनादेखि सरकारका प्रतिनिधिहरू गाउँ–नगरका बस्तीहरूमा पुगेर जनताको आवाज सुन्ने, स्थानीय समस्या बुझ्ने र ती विषयलाई नीति तथा कार्यक्रमसँग जोड्ने प्रयासलाई निरन्तरता दिइरहेका छन्। यसै...

शीतलहरको चपेटामा सुनसरी–मोरङ, चिसो र हुस्सुले जनजीवन प्रभावित

सुनसरी । सुनसरी र मोरङ जिल्लामा शीतलहर सुरु भएसँगै जनजीवन प्रभावित भएको छ। शनिबार साँझदेखि चिसो हावा र बाक्लो हुस्सु फैलिँदा दैनिक गतिविधि कष्टकर बनेको हो। शीतलहर र हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी दीपक...

राष्ट्र बैंकले एक वर्षे २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ (ग)’ शीर्षकअन्तर्गत उक्त ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रको बोलकबोल प्रक्रिया आइतबार (पुस २०) दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको...