किसानलाई असर गर्ने कुनै सम्झौता हुन्न : ट्रम्पको ट्यारिफपछि मोदीको भनाइ

काठमाडौं, — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हितविपरीत कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। उनले किसानलाई प्राथमिकतामा राख्दै, आवश्यक परेमा व्यक्तिगत रूपमा मूल्य चुकाउन पनि तयार रहेको बताएका छन्। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले...

सप्तरीमा मदिरा तस्करी नियन्त्रणको प्रयासमा प्रहरीको गोली चल्दा एकको मृत्यु

काठमाडौँ :सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको छ। मदिरा तस्करी नियन्त्रण गर्न गएको प्रहरीले स्थानीयसँग झडप हुँदा यादवको तिघ्रामा गोली लागेको थियो। उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल–भारत सीमा नजिक मदिरा तस्करीको सूचनामा ‘सर्च अप्रेसन’ चलाउँदा प्रहरीले ८० कार्टुन मदिरा बरामद...

चीनमा चिकनगुनिया भाइरसको प्रकोप: सात हजारभन्दा बढी बिरामी

काठमाडौँ :ताइवानको ताइपेईबाट खबर अनुसार चीनमा चिकनगुनिया भाइरसको प्रकोप फैलिएपछि अधिकारीहरूले लामखुट्टेको नियन्त्रणका लागि कडा कदम चालिरहेका छन्। मुख्य रूपमा हङकङ नजिकैको फोसन क्षेत्रमा सात हजारभन्दा बढी बिरामी भेटिएका छन्, तर नयाँ संक्रमितको संख्या घट्दै गएको छ। सरकारले जमेको पानी फाल्न नचाहनेहरूलाई जरिवाना गर्ने र ड्रोनमार्फत लामखुट्टेको प्रजनन स्थल खोज्ने काम...

कोशी प्रदेशमा लम्पी स्किन रोग पुनः फैलियो, खोप अनियमितताले समस्या थपियो

विराटनगर, — कोशी प्रदेशमा दुई वर्षपछि लम्पी स्किन रोग पुनः फैलिएको छ। झापामा सबैभन्दा बढी असर परेको छ जहाँ १४ हजारभन्दा बढी पशु सङ्क्रमित र ४१० मरेका छन्। मोरङ, इलाम र सुनसरीमा पनि रोग फैलिँदैछ। दुई वर्षअघि खोप अभियानबाट रोग नियन्त्रणमा थियो, तर खोप नियमित नगरेकाले अहिले पुनः महामारी फैलिएको विज्ञहरूले...

बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जा वितरणको तयारी

कञ्चनपुरको बेलौरी नगरपालिकाका ३ र ५ नम्बर वडामा ऐलानी जमिनको नापजाँच मंगलबारदेखि सुरु भएको छ। मेयर पोतीलाल चौधरीले लामो समयदेखि स्वामित्वविहीन किसानहरूलाई लालपुर्जा दिलाउने अभियान शुरु भएको बताए। भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिलबहादुर देउवाका अनुसार, नापजाँच अन्य वडाहरूमा पनि क्रमिक रूपमा विस्तार हुने छ भने छुट्टाछुट्टै जमिनहरू समेत समेटिनेछ।...

विराटनगरमा नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी सरोकारवाला बीच गहन छलफल

विराटनगरमा नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी सरोकारवाला बीच गहन छलफल
नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (Scaling of Citywide Inclusive Sanitation Service System Nepal) छलफलको क्रममा खिचिएको फोटो। विराटनगर ,— नगरव्यापी समावेशी सरसफाइ अवधारणाका बिषयमा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN- Habitat ) ले विराटनगर महानगरपालिका सँग छलफल गरेको छ । छलफलमा यु.एन.ह्याबिट्याटका CWIS प्राविधिक अधिकृत राजेश मानन्धरले विराटनगर...

अमेरिकी डलरको भाउ बढ्यो, राष्ट्र बैंकले नयाँ विनिमय दर तोकेको छ

काठमाडौं — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ केही वृद्धि भएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम गरिएको छ, जुन सोमबारको तुलनामा बढेको हो (सोमबार खरिददर १३९ रुपैयाँ...

पाँच दिनदेखि हराइरहेका दाजुबहिनी मृत अवस्थामा खोलामा फेला

पाँचथर — पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१, बिरूवाबाट पाँच दिनअघि हराएका दुई नाबालक दाजुबहिनीको शव खोलामा फेला परेको छ। बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमा राई साउन १५ गते बिहानदेखि बेपत्ता भएका थिए। उनीहरूको शव साउन २० गते (मंगलबार) बिहान बिरूवा खोलाको किनारमा, करिब २०० मिटरको फरकमा...

लहानमा नगरव्यापी समावेशी सरसफाइ कार्यान्वयन गर्न स्थानीय तहसँग छलफल

लहानमा नगरव्यापी समावेशी सरसफाइ कार्यान्वयन गर्न स्थानीय तहसँग छलफल
लहान नगरपालिकाका स्थानीय जनप्रतिनिधिसँग नगरव्यापी समावेशी सरसफाइबारे (UN-Habitat) नेपाल , वाटर एड नेपाल र मिडिया हेल्पलाइनद्वारा छलफलको क्रममा खिचिएको फोटो। सिरहा — सिरहाको लहान नगरपालिकामा ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणाली विस्तार कार्यक्रम’ कार्यान्वयन गर्न स्थानीय तह सँग प्रारम्भिक छलफल गरिएको छ । यस अघि भएको समझदारी अनुरुप कार्यक्रमको सफल कार्यान्वयनका लागि...

पहिरोका कारण दाउन्ने सडक खण्ड पूर्णरूपमा अवरुद्ध

नवलपुर, – निरन्तरको वर्षापछि माथिबाट पहिरो खस्दा नारायाघाट–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रको सडक पूर्णरूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिक खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए। उनका अनुसार बिहानको समयमा वर्षाका कारण सडक...