भक्तपुर रेष्टुरेन्टमा खुकुरी प्रहार मुद्दामा चक्रे मिलनको बयान: आफू घटनास्थलमा नभएको दाबी

काठमाडौँ —भक्तपुरमा एक वर्षअघि मध्यपुर थिमीको रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चक्रे मिलन (मिलन गुरुङ)ले आफू घटनास्थलमा नभएको र कसुरमा संलग्न नभएको बयान दिएका छन्। सरकारी वकिल कार्यालयमा दिएको बयानमा उनले आफ्ना विपक्षी सबै आरोप अस्विकार गरेका छन्। उक्त घटनामा मनिषलाई घाइते बनाउने अजित...

कैलाली कारागार प्रमुखमा जलान्धर भुसाल नियुक्त

काठमाडौं, —कैलाली जिल्ला कारागारको प्रमुखमा जलान्धर भुसाल नियुक्त भएका छन्। कारागार व्यवस्था विभागले बिदामा रहेका जेलर बसन्त खत्रीको स्थानमा शनिबार भुसाललाई जिम्मेवारी दिएको हो। उनले शनिबार बेलुकीबाट कारागारको नेतृत्व सम्हालेका छन् भन्ने जानकारी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले दिएका छन्। भुसाल यसअघि बाँकेको नौबस्ता कारागार प्रमुख थिए। यसअघि शुक्रबार...

प्रधानमन्त्री ओलीको घोषणा : तराई अब आकाशे वर्षामै भर पर्ने छैन

काठमाडौं, —प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रमा सिँचाइको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर र प्रतिबद्ध रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिंदै प्रधानमन्त्री ओलीले मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत धान रोपाइँ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै, अबको प्राथमिकता सिँचाइको स्थायी संरचना निर्माणतर्फ केन्द्रित हुने स्पष्ट पारे। “तराईमा अब आकाशे वर्षाको...

धनकुटा पिकअप दुर्घटनामा २१ घाइते, ३ जनाको अवस्था गम्भीर

धनकुटा, — धनकुटा नगरपालिका–८ स्थित टेकुनालामा शनिबार बिहान एक पिकअप सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। को.२ च. २३०९ नम्बरको पिकअप सवारी टेकुनालाबाट बजारतर्फ जाँदै गर्दा बिहान करिब साढे १० बजे दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक...

सुनको मूल्य इतिहासमै उच्च, तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबारका लागि सार्वजनिक गरेको मूल्य अनुसार छापावाला सुन प्रतितोला रु. १,९९,४०० पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। यसअघिको दिन अर्थात् बिहीबार सुन प्रतितोला रु. १,९८,४०० मा कारोबार भएको थियो। आजको मूल्यमा प्रतितोला रु. १,०००...

मुख्यमन्त्री बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने

मकवानपुरगढी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन्। एमाले–कांग्रेस गठबन्धनको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले संवैधानिक प्रावधान अनुसार तोकिएको समयभित्र विश्वासको मत लिन लागेको हो। संविधानको धारा १६८ (उपधारा ४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ (उपनियम १)...

पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध, यात्रा प्रभावित

म्याग्दी । लगातारको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डमा विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। हिमालपारिको मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो एक मात्र मार्ग अवरुद्ध हुँदा मुक्तिनाथ र दामोदरकुण्ड दर्शनका लागि जाने यात्रुहरू समस्या पर्ने भएका छन्। बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट खसेको पहिरोले करिब ५०...

प्रधानमन्त्री ओली आज राति स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किन लागेका छन्। तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाएर उनी नेपाल फर्किन लागेका हुन्। प्रधानमन्त्री ओली तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन्। विमानस्थलमा उनलाई तुर्कमेनिस्तानका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका थिए। दुबई हुँदै प्रधानमन्त्री ओली आज राति...

मामालाई बाबु देखाएर नक्कली नागरिकता बनाएको अभियुक्त १९ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान तथा ज्यान मार्ने मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ। सुनसरीको बराह नगरपालिका–३ घर भएका सन्दिप धामी (रुपलाल धामी) लाई प्रहरीले काठमाडौं महानगरपालिका–२६, सामाखुशीबाट पक्राउ गरेको हो। धामीसहितका अन्य ८ प्रतिवादीले विसं २०६१ फागुन १० गते नरेन्द्र मोक्तानलाई पुरानो रिस र द्वेषका कारण हतियार प्रहार गरी...

धुम्रपान र प्रदूषणले बढाएको नेपालमा नसर्ने रोगको त्रास

काठमाडौँ, — नेपालमा नसर्ने रोगहरू जस्तै मुटु रोग, क्यान्सर र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगहरू धेरै देखिन थालेका छन्। यसबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सकी डा. मनिता प्याकुरेलले हाल यी रोगहरू निकै बढेको बताउनुभएको छ। डा. प्याकुरेलका अनुसार, प्रमुख नसर्ने रोगमध्ये मुटु रोगले ३० प्रतिशत, क्यान्सरले ९ प्रतिशत र दीर्घकालीन...