सुनको मूल्य इतिहासमै उच्च, तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबारका लागि सार्वजनिक गरेको मूल्य अनुसार छापावाला सुन प्रतितोला रु. १,९९,४०० पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

यसअघिको दिन अर्थात् बिहीबार सुन प्रतितोला रु. १,९८,४०० मा कारोबार भएको थियो। आजको मूल्यमा प्रतितोला रु. १,००० ले वृद्धि भएको हो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला रु. २,३१५ मा कारोबार भएको चाँदी आज रु. २,३२५ मा पुगेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला रु. १० ले बढेको हो।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु, डलरको भाउमा उतार–चढाव, र आर्थिक अनिश्चितताले नेपाली बजारमा सुनचाँदीको मूल्यमा सीधा असर पर्ने गर्छ।

तपाईको प्रतिक्रिया