कलङ्की–नागढुङ्गा राजमार्गमा ‘स्मार्ट’ शौचालय सञ्चालन, स्नान र स्तनपान कक्षसहित सुविधा सम्पन्न

काठमाडौं। सार्वजनिक शौचालयमा आम रूपमा दिसा-पिसाब गर्ने ठाउँ मात्रै भन्ने बुझाइ रहेको भए पनि अहिले कलङ्की–नागढुङ्गा राजमार्गअन्तर्गत चन्द्रागिरि–१५ ढुङ्गेअड्डास्थित बस बिसौनी नजिक अत्याधुनिक ‘स्मार्ट’ सार्वजनिक शौचालय सञ्चालनमा आएको छ। यस शौचालयमा अपाङ्गता भएका व्यक्तिका लागि सुविधा, स्नान कक्ष, स्तनपान कक्ष र स्यानिटरी प्याड तथा डाइपर फेर्ने व्यवस्था समेत गरिएको छ। चन्द्रागिरि...

इलाम र बागलुङमा पहिरोले सडक अवरुद्ध, यातायात प्रभावित

इलाम । केचना–कञ्चनजङ्घा सडक इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गएराति खसेको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोले सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने मार्ग पनि बन्द भएको छ। यसले लामो दूरीका सवारीसाधनलाई मेची राजमार्गबाट आवतजावत गर्न बाध्य बनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार नेपाल प्रहरी, सडक...

भक्तपुर मालपोत प्रमुख र सहयोगीविरुद्ध २४ लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत विरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस मागेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रको १४ रोपनी ४ आना क्षेत्रफलको जग्गालाई मोही र लगत...

बालसुधार गृहमा झडप, प्रहरी हवलदार घाइते

विराटनगर । मोरङको विराटनगर–३ स्थित बालसुधार गृहमा बुधबार प्रहरी र बालबिज्याइँकर्ताबीच झडप हुँदा एक जना प्रहरी हवलदार घाइते भएका छन्। प्रहरीका अनुसार, सुधार गृहमा रहेका बालबिज्याइँकर्ताहरू भाग्ने प्रयासमा रहेको बेला उनीहरूलाई रोक्ने क्रममा झडप भएको हो। झडपमा परी घाइते हुनेमा वरिष्ठ प्रहरी हवलदार हिरणकुमार मण्डल रहेका छन्। मोरङका प्रहरी प्रमुख एसपी नारायण...

नेप्से दोहोरो अंकले घट्यो, तीन अर्बभन्दा बढीले घट्यो कारोबार रकम

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ। कारोबारी दिनको अन्त्यमा नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेको हो। यससँगै बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ भने कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको छ। मंगलबार कुल ३२३ वटा कम्पनीका एक करोड ७६ लाख ७१ हजार ५७५ कित्ता सेयर...

कारागारहरू मानव अधिकारमैत्री छैनन्, सुधार आवश्यक : मानव अधिकार आयोग

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले देशभरिका कारागारहरूको अवस्था मानव अधिकारमैत्री नरहेको निष्कर्ष निकाल्दै तत्काल सुधारका लागि सरकारलाई निर्देशन दिएको छ। आयोगले हालै कैलाली र रूपन्देही कारागारमा उत्पन्न घटनाक्रम तथा समग्र व्यवस्थापनको अवस्था अनुगमन गरेको थियो। आयोगका सदस्य लिली थापासहितको टोलीले रूपन्देही कारागारको स्थलगत निरीक्षण गर्दै त्यहाँ रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका...

डिजिटल नेपाल फ्रेमवर्क–२ यसै वर्ष लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, — सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्षभित्रै ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ (डिएनएफ–२) लागू गरिने घोषणा गर्नुभएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री गुरुङले फ्रेमवर्कको मस्यौदा तयार भइसकेको जानकारी दिँदै छिट्टै मन्त्रिपरिषद्मा स्वीकृतिका लागि प्रस्ताव पेश गरिने बताउनुभयो। यसअघि, सन् २०७६ मा पहिलो चरणको डिजिटल...

भारतमा विपक्षी नेता राहुल गान्धी प्रहरी नियन्त्रणमा

काठमाडौं । भारतमा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संसद् भवनबाट निर्वाचन आयोगसम्मको प्रदर्शनका क्रममा उनी नियन्त्रणमा परेका हुन्, बीबीसी हिन्दीले जनाएको छ। गान्धीसँगै प्रियंका गान्धी र शिव सेना पार्टीका नेता सञ्जय राउतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। लोकसभा निर्वाचन, महाराष्ट्र र हरियाणाको चुनावमा मतदाता नामावलीमा आयोग र भारतीय...

गोकर्णेश्वरको ग्रिल कारखानामा करेन्ट लागेर युवकको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीस्थित ग्रिल कारखानामा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ। पर्सा जिल्ला घर भएका २८ वर्षीय इन्टियाज हवारीको आइतबार राति करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका हवारीको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीको टोलीले आवश्यक अनुसन्धान गरिरहेको...

नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि बाँके र बर्दियाका जनप्रतिनिधि तथा व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूले पश्चिम नेपालका ३२ जिल्लाका लागि सहज हवाई पहुँच सुनिश्चित गर्दै व्यावसायिक गतिविधि प्रवर्द्धन गर्न नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई सेवा आवश्यक रहेको तर्क...