पूर्वराष्ट्रपति युन सुक योललाई अदालतद्वारा पाँच वर्ष कैद सजाय

पूर्वराष्ट्रपति युन सुक योललाई अदालतद्वारा पाँच वर्ष कैद सजाय
काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले गम्भीर आपराधिक अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ। अदालतले शुक्रबार न्यायिक प्रक्रियामा अवरोध पुर्‍याएको तथा प्रमाण नष्ट गरेको आरोप प्रमाणित भएको जनाएको हो। डिसेम्बर २०२४ मा देशमा मार्शल ल लागू गर्ने असफल प्रयासपछि युन सुक योल पदबाट हटाइएका...

आजको विदेशी मुद्रा दर सार्वजनिक, अमेरिकी डलर मूल्य स्थिर

आजको विदेशी मुद्रा दर सार्वजनिक, अमेरिकी डलर मूल्य स्थिर
काठमाडौं ।नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार आज अमेरिकी डलरको मूल्य अघिल्लो दिनकै तहमा कायम रहेको छ। राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६७...

स्थानीय तहका अपेक्षा बुझ्न सरकारले गरेको प्रत्यक्ष भेटघाट, स्थानीयवासीमा उत्साह

स्थानीय तहका अपेक्षा बुझ्न सरकारले गरेको प्रत्यक्ष भेटघाट, स्थानीयवासीमा उत्साह
ललितपुर — सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले महालक्ष्मी नगरपालिका वडा–६ को भ्रमण गर्दै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्नुभएको छ। यस भ्रमणको उद्देश्य स्थानीय तहका नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्थानीयवासीको समस्या, आवश्यकता र सुझाव बुझ्नु रहेको थियो। भेटघाटका क्रममा स्थानीयवासीहरूले शिक्षा, सीप विकास, रोजगारी, पूर्वाधार तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना...

नेप्से परिसूचक सामान्य रूपमा बढ्यो, कारोबार रकम छ अर्ब नाघ्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक १ दशमलव ५२ अङ्कले वृद्धि हुँदै २ हजार ६४१ दशमलव ४३ बिन्दुमा पुगेको छ। नेप्सेका अनुसार आज ३२० कम्पनीका एक करोड २५ लाखभन्दा बढी कित्ता शेयर ७२ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम छ...

स्वास्थ्य बीमा रकम नपाएपछि त्रिवि शिक्षण अस्पतालले सेवा रोक्ने निर्णय

स्वास्थ्य बीमा रकम नपाएपछि त्रिवि शिक्षण अस्पतालले सेवा रोक्ने निर्णय
काठमाडौँ : त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले माघ १ गतेदेखि स्वास्थ्य बिमाका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ। अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, स्वास्थ्य बीमा बोर्डले उपचार खर्च उपलब्ध नगराउँदा र अस्पतालको आन्तरिक खर्च ठूलो हुने भएपछि यस्तो निर्णय लिन बाध्य भएको हो। सूचनामा उल्लेख छ, “अस्पतालमा आउने बिरामीको संख्या...

एन्फाको वार्षिक बजेट १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ पारित

एन्फाको वार्षिक बजेट १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ पारित
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२६ का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको वार्षिक बजेट पारित गरेको छ। बुधबार एन्फाको अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यस बजेटलाई अनुमोदन गरेको हो। बैठकले दुईवटा मुख्य निर्णय पनि गरेको छ। यसअनुसार आर्थिक वर्ष २०८१/८२...

सरकारी कार्यालयबाटै जनतालाई परिवर्तनको अनुभूति दिलाउनुपर्ने: मन्त्री खरेल

काठमाडौँ : नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारी कार्यालयहरूले जनतालाई वास्तविक परिवर्तनको अनुभूति दिलाउनुपर्नेमा जोड दिनु भएको छ। मन्त्री खरेलले जेन्जी आन्दोलन र बदलिँदो राजनीतिक सन्दर्भलाई ध्यानमा राख्दै सरकारी सेवामा सुधार आवश्यक रहेको बताउनु भएको छ। उहाँले कर्मचारी र जनताबीचको सम्बन्ध “नङ–मासु” जस्तो नजिक हुनु पर्ने...

प्रधानमन्त्रीको प्रेस सल्लाहकार रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकार रावल नियुक्त
काठमाडौँ, । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले भन्नुभयो, 'सम्माननीय प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा)लाई...

नगरव्यापी समावेशी सरसफाइको स्थिति सर्भेक्षण गर्न गणकहरु खटिदै

नगरव्यापी समावेशी सरसफाइको स्थिति सर्भेक्षण गर्न गणकहरु खटिदै
ललितपुर : ललितपुर महानगरपालिकाको नगरव्यापी समावेशी सरसफाइको स्थिति विश्लेषण सर्भेक्षण गरिने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर ६,१०, २१ र २९ बाहेक सबै वडामा नमुना छनौट गरिएको घरधुरी, विद्यालय, अस्पताल तथा सार्वजनिक शौचालयको सर्भेक्षण गर्न लागिएको हो । यसका लागि गणकहरुलाई तथ्याङ्क संकलन गर्ने विधि र प्रक्रियाबारे अभिमुखीकरण गरिएको छ...

सुनचाँदीको मूल्य नयाँ कीर्तिमानमा, नेपाली बजारमा ऐतिहासिक उच्च विन्दु

काठमाडौँ — नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। पछिल्ला तीन दिनदेखि दुवै धातुको मूल्य लगातार बढ्दै जाँदा सुनचाँदीको कारोबारले नयाँ कीर्तिमान बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि...