मनाङ–२ उपनिर्वाचन कात्तिक १७ मा, प्रक्रिया छोट्याएर अघि बढाउने तयारी

काठमाडौं, निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गरिने जनाएको छ। उपनिर्वाचनको मिति सर्वोच्च अदालतले सो क्षेत्रबाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पदमुक्त गर्ने फैसला सार्वजनिक गरेपछि तय गरिएको हो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सर्वोच्चको निर्णयले आयोगलाई...

कुवेतमा विषाक्त मदिरा प्रकरण : मृत्यु भएका पाँच नेपालीको शव काठमाडौं आइपुग्यो

काठमाडौं — कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीहरू मध्ये पाँचजनाको शव काठमाडौं ल्याइएको छ। कुवेत स्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार ती शवहरू बिहीबार काठमाडौं आइपुगेका हुन्।"हामीले मृत्यु हुनेमध्ये पाँचजनाको शव पठाएका थियौं, ती बिहीबार काठमाडौं आइपुगे," उनले जानकारी दिए। गत साता कुवेतमा विषाक्त मदिरा सेवनपछि १६० भन्दा...

१२८ ग्राम ब्राउन सुगरसहित एकजना धरानबाट पक्राउ

धरान — सुनसरी प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। शुक्रबार इटहरी उपमहानगरपालिका–१७ बाट १२८ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। पक्राउ परेका व्यक्ति सप्तरीको मलहनिया घर भई हाल इटहरी–१७ बालग्रामस्थित गणेशप्रसाद ढकालको घरमा डेरा गरी बस्ने ३७ वर्षीय...

काम भन्दा लोकसेवा रट्नमै सरकारी कर्मचारी व्यस्त : मन्त्री न्यौपाने

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरू कामभन्दा पनि लोकसेवा तयारीमा बढी केन्द्रित हुने प्रवृत्तिप्रति गुनासो गरेकी छन्। शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठकमा संघीय निजामती विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री न्यौपानेले कर्मचारीहरूमा सेवा प्रवाह गर्ने मनोवृत्ति कम देखिएको धारणा राखिन्। उनले भनिन्, "म मन्त्रालयमा आएपछि देखेँ,...

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन समिति बनाउने सरकारको संकेत

काठमाडौं, सरकारले सौर्य एयरलाइन्सको हालैको दुर्घटनाबारे थप अनुसन्धान गर्न न्यायिक छानबिन समिति गठन गर्ने तयारी गरेको छ। बुधबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यसबारे संकेत दिएका हुन्। मन्त्री पाण्डेले सांसदहरूले उठाएको प्रश्न र समितिको निर्देशनका आधारमा दुर्घटनाबारे न्यायिक छानबिन आवश्यक देखिएको...

बुधबार पनि गठन भएन संवैधानिक इजलास

काठमाडौँ, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नियमित तालिका अनुसार बुधबार पनि संवैधानिक इजलास गठन गरेका छैनन्। सामान्यतः बुधबार र शुक्रबार संवैधानिक इजलास सञ्चालन हुने न्यायिक अभ्यास रहँदै आएको भए पनि पछिल्ला दिनहरूमा उत्पन्न विवादका कारण नियमित गठन हुन सकेको छैन। साउन २५ गते पछिल्लो पटक संवैधानिक इजलास बसेको थियो। त्यसयता इजलास गठन हुन नसकेको...

मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता, सीमामा शान्ति र स्थिरता कायम राख्ने प्रतिबद्धता

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच मंगलबार महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा दुवै पक्षले भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सीमा विवादको विषयलाई "निष्पक्ष, तर्कसंगत र दुवै पक्षलाई स्वीकार्य" तरिकाबाट समाधान गर्न भारत प्रतिबद्ध रहेको दोहोर्‍याए। भेटपछि सामाजिक सञ्जालमार्फत...

सुनको मूल्यमा ठुलो गिरावट, प्रतितोला १६ सयले घट्यो

काठमाडौं, नेपाली सुन बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै छापावाला सुन प्रतितोला १,९३,५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार उक्त मूल्य १,९५,१०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि घट्दै गएको छ। आज चाँदी प्रतितोला...

नेप्से परिसूचकमा निरन्तर वृद्धि, सबै उपसूचक सकारात्मक

काठमाडौं — साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से ६.५१ अंकले उक्लिँदै २७७६.९० विन्दुमा पुगेको छ। यसअघि सोमबार नेप्से ९.१६ अंकले वृद्धि भई २७७०.३९ विन्दुमा बन्द भएको थियो। नेप्से परिसूचक बढेपनि आजको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको देखिएको छ। मंगलबार ३१६ स्क्रिप्टको १ करोड ३१ लाख...

गौर हत्याकाण्ड: सर्वोच्चको आदेशपछि गृहमन्त्रीद्वारा सुरक्षा प्रमुखसँग छलफल

काठमाडौं, – गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग अनौपचारिक छलफल गरेका छन्। स्रोतका अनुसार, मंगलवार गृह मन्त्रालयमा आयोजित बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए। २०६३ सालमा भएको गौर हत्याकाण्डमा २७ जनाको ज्यान गएको थियो। सो घटनामा...