एकैदिनमा ३ हजारले बढ्यो सुनको मूल्य, तोलाको २ लाख ३८ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा एकैदिन ठूलो वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन सुनको मूल्य ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले गिरावट आएको थियो।...

बिर्तामोडमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

झापा — झापाको बिर्तामोड नगरपालिका–८ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुका अनुसार, बिहीबार राति किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। तास खेलिरहेका बेला पक्राउ...

मन्त्रिपरिषद्को २० निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को २० निर्णय सार्वजनिक
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका २० वटा निर्णयहरू शुक्रबार सार्वजनिक गरेका छन्। बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन व्यवस्था विधेयक’ संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। यससँगै, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माण, प्रभावित नागरिकहरूलाई राहत तथा आर्थिक पुनःस्थापना, र...

दोहोरो अंकले उकालो लाग्यो सेयर बजार, ५ अर्ब २७ करोडको कारोबार

काठमाडौं, — साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुगेर बन्द भएको हो। नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीति लिएपछि बजार सकारात्मक दिशातर्फ फर्किएको विश्लेषण गरिएको छ। राष्ट्र बैंकले बुधबार व्यक्तिगत सेयर धितो कर्जामा सीमा हटाउने...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
एमआरआई मेसिन खरिदमा ६२ लाख बढी मूल्य देखाएर भुक्तानी गरिएको आरोप दाङ, — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दिएको जानकारीअनुसार प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पुष्टि भएपछि विशेष...

जेनजी आन्दोलन:केपी ओली र रमेश लेखकविरूद्ध किटानी जाहेरी दर्ता

काठमाडौं । जेनजी युवाकाे आन्दोलनका क्रममा शहीद भएकाका परिवारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्। परिवारले मंगलबार दिउँसाे जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर किटानी जाहेरी दर्ता गराएका हुन् ।उनीहरुले साेमबार नै जाहेरी दर्ता गर्नका लागि प्रहरी परिसर काठमाडौंमा गएका थिए । तर प्रहरीले...

दशैंपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ५८ अंकले घट्यो

काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो सेयर कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय गिरावट आएको छ। कारोबारको अन्त्यसम्म नेप्से ५८.५५ अंकले घट्दै २,६०४.९६ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८८ अंकले घटेर ४५४.६२ विन्दुमा झरेको छ। दशैंअघि असोज १२ गते आइतबारको कारोबार दिन नेप्से सामान्य वृद्धि सहित...

मकवानपुरमा सवारी दुर्घटना: मोटरसाइकल ठक्करपछि गाडी खोल्सीमा, १६ जना घाइते

हेटौंडा — मकवानपुरको बागमती गाउँपालिका–४ स्थित हरामी चोकमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको ईभी गाडीले भित्री सडकबाट मुख्य राजमार्गतर्फ निस्किँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछिको झट्काले गाडी अनियन्त्रित भई...

एक तोला सुनको मूल्य २ लाख ३५ हजार , अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भई २ लाख ३५ हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार सुनको मूल्य २ लाख ३३ हजार १ सय...

कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइने

कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइने
काठमाडौँ, – सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणको यो अभियान सोही मितिमा सञ्चालन गरिनेछ। यसअघि सरकारले यो कार्यक्रम कात्तिक २ र...