भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे, तिहार कात्तिक १ देखि ६ गतेसम्म

भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे, तिहार कात्तिक १ देखि ६ गतेसम्म
काठमाडौं, कात्तिक १० — यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार शास्त्रीय विधिअनुसार टीका मध्याह्नकालमा लगाउन उपयुक्त हुन्छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, साइतमै टीका लगाउन चाहनेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित्...

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत

काठमाडौं — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन्। पार्टीको समर्थन गुमाउँदै अल्पमतमा परेका मुख्यमन्त्री सिंहले मंगलबार प्रदेशसभा बैठकमा राजीनाको घोषणा गरेका थिए। प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सिंहको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो। प्रदेश प्रमुख समक्ष पेस भएको राजीनामा नेपालको...

नेप्से ४४.२५ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं — धितोपत्र बजारको प्रमुख सूचक नेप्से सोमबार ४४.२५ अंकले बढेर २,५४७.६० विन्दुमा पुग्दै सकारात्मक बन्द भएको छ। नेप्से १.७६ प्रतिशतले वृद्धि भएको हो। यसअघि आइतबार नेप्से ३.०५ प्रतिशतले ओरालो लागेको थियो। आजको कारोबारमा समग्र सेयर कारोबार रकम भने घटेको छ। आज ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर...

त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट प्रहरीले ११ किलोभन्दा बढी गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आइपुगेका ती व्यक्तिहरूलाई ११ किलो २७५ ग्राम अवैध लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भारतका ५० वर्षीय...

इजरायली सेनाको पुष्टि: हमासद्वारा अपहरणमा परेका नेपाली विपीन जोशी जीवित छैनन्

काठमाडौं, — हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपीन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ। इजरायली सेनाले भिडियो कन्फ्रेन्समार्फत इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई यो जानकारी दिएको हो। राजदूत पण्डितका अनुसार, “इजरायली सेनाले विपीन जीवित नरहेको जानकारी दिएको छ। तर, उहाँको शव फेला परेको वा नरहेको...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ४० हजार

काठमाडौं, — नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ४ सय रुपैयाँ बढी हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ३८ हजार...

जेनजी आन्दोलनका दोषी कारबाहीको दायरामा आउँछन्: सञ्चार  मन्त्री खरेल

जेनजी आन्दोलनका दोषी कारबाहीको दायरामा आउँछन्: सञ्चार  मन्त्री खरेल
काठमाडौँ।सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन्। आइतबार नेपाल पत्रकार महासंघको सञ्चारग्रामस्थित कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री खरेलले आन्दोलनमा घुसपैठ गराई गरिएको तोडफोड तथा आगजनीजस्ता घटनामा संलग्न देखिएकालाई कानुनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता रहेको बताए। उनले आगामी फागुन...

काउन्सिलले आम जनतालाई अनुभूति दिलाउनेगरी काम गरोस् : मन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपाललाई अधिकार सम्पन्न र स्वायत्त निकायका रूपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न सुझाव दिनुभएको छ। प्रेस काउन्सिल नेपालले आज आयोजित मन्त्री खरेलको सम्मान कार्यक्रमका क्रममा उहाँले आगामी आमनिर्वाचनका बेला राजनीतिक दलहरूको गतिविधि बढेको समयमा काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गर्नुभयो। मन्त्री...

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध १ अर्ब ५८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा !

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको बिगो माग्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ। बागलुङ जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दामा मेयर नेपालीमाथि बिगोको दोब्बर जरिवाना, २ देखि १५ वर्षसम्म कैद सजाय र सहकारी संस्थाको पदाधिकारी भएकाले संस्थामा रहेको...

मेयर बालेन र ‘हामी नेपाल’ संस्थापक सुदनविरुद्ध नेविसंघको जाहेरी

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगर प्रमुख बालेन शाह र ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। भदौ २३ र २४ गते राजधानीमा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई पोशाकमै सडकमा उतारेर मानव ढाल बनाइएको, साथै राष्ट्रिय सम्पदा, सरकारी र निजी सम्पत्तिमा...