शनिबारदेखि दैनिक ६ घण्टा कान्ति लोकपथ बन्द हुने

शनिबारदेखि दैनिक ६ घण्टा कान्ति लोकपथ  बन्द हुने
हेटौँडा,–मङ्सिर २० गते (शनिबार) देखि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा दिनको ६ घण्टा सवारी साधन आवतजावत बन्द रहनेछ। जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको सार्वजनिक सूचनाअनुसार, कान्ति लोकपथका विभिन्न भागमा सडक फराकिलो बनाउने र वर्षा याममा आएको पहिरो पन्छाउने कामका लागि बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सवारी साधन रोक लगाइनेछ। यो...

नागरिकको घरदैलोमा सुझाव माग्न सञ्चारमन्त्री खरेल

नागरिकको घरदैलोमा सुझाव माग्न सञ्चारमन्त्री खरेल
ललितपुर। बिहीबार बंगलामुखी मन्दिरमा दर्शनार्थीको घुँइचो थियो। आज नेवार समुदायको ठूलो चाड योमरी पुन्ही परेकोले मन्दिर क्षेत्र रौनकपूर्ण देखिन्थ्यो। सार्वजनिक विदा पनि परेकोले स्थानीय नागरिक र भक्तजनको भिड थप बढेको थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आज बिहान ललितपुर महानगरपालिका–११ स्थित प्रतिष्ठित बंगलामुखी मन्दिरमा पूजा–दर्शनका लागि पुग्नुभयो। मन्त्रीको आगमनले स्थानीय जनप्रतिनिधिहरूलाई...

आजदेखि पुटिनको भारत भ्रमण

काठमाडौं — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज (डिसेम्बर ४) दुई दिवसीय भ्रमणका लागि भारत जाँदै छन्। उनी भारत–रुसबीचको २३औं वार्षिक शिखर सम्मेलनमा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। भ्रमणका क्रममा रक्षा, व्यापार, स्वास्थ्य, शिक्षा र ऊर्जा क्षेत्रका विषयमा सम्झौतामा छलफल हुने अपेक्षा गरिएको छ। रुसी प्रवक्ता दिमित्री पेस्कोवका अनुसार, पुटिनले भारतसँगको द्विपक्षीय व्यापार...

कालोसूचीमा नाम बढ्दै जानु चिन्ताजनक: अर्थमन्त्री खनाल

कालोसूचीमा नाम बढ्दै जानु चिन्ताजनक: अर्थमन्त्री खनाल
काठमाडौं — अर्थमन्त्री रामेश्वर खनालले हाल धेरै व्यक्ति कालोसूचीमा पर्ने अवस्था देखिनु चिन्ताको विषय भएको बताउनु भएको छ। राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कालोसूचीसम्बन्धी विद्यमान मापदण्डलाई पुनरावलोकन गर्नेबारे सरकारभित्र छलफल भइरहेको जानकारी दिनुभयो। अर्थमन्त्री खनालले सरकारको बजेट बचतको रकम अर्थमन्त्री वा...

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पदबाट राजीनामा गरेका छन्।सर्वोच्च अदालतले २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने आदेश जारी गरेपछि उनले पदत्याग गर्ने निर्णय गरेका हुन्। बिहानका लागि बोलाइएको बैठक सत्तापक्षका केही सांसद उपस्थित नहुँदा दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। विश्वासको मत प्राप्त नहुने अवस्था बनेपछि यादवले सोही बैठकमा सम्बोधन...

जापानले कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर बनाउन पौने ३२ अर्ब ऋण दिने

जापानले कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर बनाउन  पौने ३२ अर्ब ऋण दिने
काठमाडौं । कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल र जापान सरकारबीच ऋण सम्झौता भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा (बुधबार) अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो । ऋण सहायतासँग सम्बन्धित ‘एक्सचेन्ज अफ नोट’मा अर्थसचिव डा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे ।...

‘अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ’ :सञ्चार मन्त्री जगदीश खरेल

‘अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ’ :सञ्चार मन्त्री जगदीश खरेल
काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मूल समारोह समितिले बुधबार भृकुटीमण्डप परिसरमा आयोजना गरेको समारोहमा मन्त्री खरेलले सरकारले अपाङ्गतामैत्री नीतिगत र संरचनागत सहकार्य गर्ने विश्वास व्यक्त...

नेप्से सूचक हल्का घट्यो, कारोबार घटेर चार अर्ब ४८ करोडमा

नेप्से सूचक हल्का घट्यो, कारोबार घटेर चार अर्ब ४८ करोडमा
काठमाडौँ — चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक भए पनि मंगलबार (मंसिर १६) सेयर बजारमा खासै उत्साह देखिएन। साताको तेस्रो कारोबार दिन नेप्से सूचक ०.५३ अंकले घटेर २,६४४.७० बिन्दुमा बन्द भएको छ। मंगलबार कुल ३२४ कम्पनीको सेयर कारोबार भयो। तीमध्ये १२५ कम्पनीको मूल्य बढ्यो, ११९ कम्पनीको घट्यो र १३...

सिँचाइ कुलो निर्माणमा अनियमितता: पूर्वउपाध्यक्षदेखि ईन्जिनियरसम्म ८ जनामाथि मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नं. ७ का तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानुनी लाभ लिने तथा सार्वजनिक स्रोतमा हानि पुर्‍याउने उद्देश्यले अनियमितता गरेको आरोपमा आयोगले सोमबार विशेष अदालत...

साउदी अरबले ९३ नेपालीलाई स्वदेश फर्काउँदै

साउदी अरबले ९३ नेपालीलाई स्वदेश फर्काउँदै
काठमाडौँ — आवासीय भिसा (अकामा) नभएका ७३ जना र रोजगारदातालाई छाडेर हिँडेका (हुरुब लागेको) २० जना गरी ९३ जना नेपाली श्रमिकलाई स्वदेश फर्काउन फाइनल एक्जिट भिसा साउदी अरबले जारी गरेको छ । रियादस्थित नेपाली दूतावासका अनुसार आवासीय भिसा र हुरुब लागेका नेपालीको स्वदेश फिर्न पाउने भिसा नलाग्दा घर फर्कन पाएका थिएनन्...