२१० क्विन्टल धानमा आगलागी, दोषी अझै अज्ञात

वीरगन्ज — वीरगन्ज महानगरपालिका-२२ स्थित हरेन्द्र यादवको खेतमा काटेर थुपारिएको धानबालीमा आगजनी भएको घटनामा पर्सा प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन। घटना पुस ६ मा घटेको हो, जब राती नचिनेका व्यक्तिहरूको समूहले हरेन्द्र यादवको साढे तीन बिघा जमिनमा उब्जिएको करिब २१० क्विन्टल धानमा आगजनी गरे। आगो निभाउन तीनवटा दमकलको प्रयोग...

न्युजिल्याण्डले च्याम्पियन्स ट्रफी २०२५ का लागि १५ सदस्यीय टोलीको घोषणा गर्‍यो

न्युजिल्याण्डले आइसिसी च्याम्पियन्स ट्रफी २०२५ का लागि आफ्नो १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। श्रीलंकाविरुद्ध घरेलु मैदानमा एकदिवसीय र टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान मिचेल सान्टनरले यस प्रमुख आइसिसी प्रतियोगितामा टोलीको नेतृत्व गर्नेछन्। यो उनको पहिलो च्याम्पियन्स ट्रफी प्रतियोगिता हो। टोलीमा तीव्र गतिका बलरत्रय विल ओ'रोर्क, बेन सियर्स र नाथन...

माघेसंक्रान्ति नजिकिँदै गर्दा तरूलको मूल्यमा वृद्धि

माघेसंक्रान्तिको समय नजिकिँदै गर्दा काठमाडौंको थोक बजारमा तरूलको मूल्यमा ३० रूपैयाँको वृद्धि भएको छ। आइतबार कालिमाटी फलफूल तथा तरकारी बजारमा तरूलको मूल्य १०० देखि १२० रूपैयाँ प्रति किलो पुगेको छ, जबकि शनिबार यसको मूल्य ७० देखि ८० रूपैयाँ प्रति किलो थियो।यस मूल्य वृद्धिका कारण उपभोक्तालाई अझै बढी महँगो पर्न सक्छ,...

यू-१९ विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ — नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई विश्वकपमा भाग लिन मलेसिया प्रस्थान गर्ने तयारीमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) द्वारा शुक्रबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतका प्रमुख व्यक्तिहरूले टोलीलाई शुभकामना व्यक्त गरे। नेपाली टोली शनिबार दिउँसो मलेसिया...

तिब्बतका भूकम्पपीडितलाई ३७ लाखको सहयोग

काठमाडौँ — चीनको तिब्बतको डिङ्ग्री काउन्टीमा भएको भूकम्पका पीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा नेपाली दुःख निवारण कल्याणकोषले ल्हासा बसोबास गर्ने नेपाली समुदायबाट सङ्कलित ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँको सहयोग प्रदान गरेको छ। यस रकमलाई ल्हासास्थित रेडक्रस कार्यालयमा आयोजित एक कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले रेडक्रसका प्रमुख लियो...

“यूके पठाइदिन्छु”भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ

“यूके पठाइदिन्छु”भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाउँदै यूके पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका-३ का २४ वर्षीय रामकृष्ण दाहाललाई प्रहरीले पक्राउ गरेको छ। उक्त अभियुक्तले एक जना पीडितबाट ३१ लाख ५० हजार रुपैयाँ लिई त्यसपछि सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको...

रियल म्याड्रिड स्पेनी सुपरकपको फाइनलमा

काठमाडौँ — जुड बेलिङ्घम र रोड्रिगोको गोल मद्धतले रियल म्याड्रिडले बिहीबार रियल मार्लोकालाई ३–० ले हराएको छ र स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । अब रियलले फाइनलमा बार्सिलोनाको सामना गर्नेछ र उपाधि भीडन्त ‘एल क्लासिको’ हुनेछ । साउदी अरेबियाको जेद्दामा भएको खेलका तीनै गोल दोस्रो हाफमा भए । बेलिङघमले ६३ औं मिनेटमा गोलको...

वाइफाइको विवादमा हजुरबुवाको मृत्यु, नातिनातिना पक्राउ

पर्सा — वाइफाइको विषयमा भएको पारिवारिक झगडामा ८० वर्षीय वृद्धको मृत्यु भएको घटना सार्वजनिक भएको छ। यो घटना पर्साको पोखरिया नगरपालिकामा घटेको हो। घटनामा पोखरिया नगरपालिका-८, जगातपुर निवासी ८० वर्षीय रमजान देवानको मृत्यु भएको हो। हजुरबुवालाई मरणासन्न अवस्थामा कुटपिट गरेको आरोपमा उनका २० वर्षीय नाति आजाद देवान र १८ वर्षीया नातिनी...

जय ट्रफी : मधेशमाथि सानदार जित निकाल्दै पुलिस शीर्ष स्थानमा

जय ट्रफी एलिट कप बहुदिवसीय प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि एक इनिङग्स र ३५ रनको सानदार जित निकालेको छ।  वीरगञ्जमा बिहीबार घरेलु टोलीलाई दोस्रो इनिङग्समा ९४ रनमै अलआउट गरेपछि पुलिसले आफ्नो दोस्रो इनिङग्स ब्याटिङ गर्नुअघि नै जित निकालेको हो। दोस्रो इनिङग्समा मधेशका लागि विशाल पटेलले २७ रन र मयन यादवले २२...

दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैनः सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई दलीय तानाशाही नेपाललाई नचाहिएको बताएका छन्।  धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिने गरी निर्वाचन कानुन संशोधन गर्दै थ्रेस होल्ड बढाउने तयारी थालिएको भन्दै राउतले सामााजिक सञ्जाल फेसबुकमार्फत् आपत्ति जनाएका हुन्। ‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण...