भारतीय विद्यार्थीको अग्रता पुष्पसदन बुद्धिचालमा

भारतीय विद्यार्थीको अग्रता पुष्पसदन बुद्धिचालमा
पुष्पसदन सेकेन्डरी बोर्डिङको आयोजनामा जारी अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्। नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित प्रतियोगितामा यू–११, यू–१३ र यू–१५ उमेर समूहका विद्यार्थीबिच चलिरहेको प्रतिस्पर्धामा भारतीय विद्यार्थीको अग्रता रहेको छ।   काठमाडौंको कीर्तिपुरस्थित पुष्पसदन विद्यालय प्रांगणमा छात्रातर्फ यू १५ समूहअन्तर्गत सिक्किम चेस एसोसियसन, भारतबाट प्रतिस्पर्धा गरिरहेका आभानिस प्रधानले...

भिल्लारियललाई हराएर सोसिडाड सातौंमा

काठमाडौँ — स्पेनी ला लिगामा रियल सोसिडाडले सोमबार भिल्लारियललाई १–० ले हराएको छ । जितसँगै सोसिडाड २८ अंकमा सातौं स्थानमा उक्लेको छ र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राख्न सफल रह्यो । भिल्लारियल भने ३० अंकमै सीमित रहेर पाँचौं स्थानमा रह्यो । आफ्नो घरेलु मैदान रियल रेनामा प्राप्त सोसिडाडको जितमा जापानी खेलाडी ताकेफुसा...

समस्याग्रस्त सहकारीबाट बचत फिर्ता गर्ने प्रतिबद्धता :मन्त्री श्रेष्ठ

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले प्रदेशभरिका सहकारी समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले समस्याग्रस्त सहकारीका व्यवस्थापक र पदाधिकारीसँग छलफल गर्दै बचतकर्ताहरूको बचत फिर्ता गर्न निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले तीन सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै थप आठ सहकारीलाई बचत फिर्ताको व्यवस्था गर्न भनेका छन्। समयसीमा...

नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस 

काठमाडौँ — गृह मन्त्रालयअन्तर्गत बढुवा समितिले प्रहरी उपरीक्षक(एसपी) पदबाट २५ जना  प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका उनीहरुलाई  पुस २९ गते बसेको बैठकले सोही समूहतर्फ बढुवाका लागि सिफारीस गरेको हो ।  जसअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय...

विपिन जोशीको रिहाइको पहलका लागि कतारी विदेशराज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन

विपिन जोशीको रिहाइको पहलका लागि कतारी विदेशराज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतारसँग अपिल गरेकी छिन् । परराष्ट्रमन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी हुन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत हुन् । खुलाइफीसँगको कुराकानीमा राणाले हमासले आफ्नो नियन्त्रणमा...

३ सय उत्तर कोरियाली सैनिक मारिए युक्रेन युद्धमा

सोल — युक्रेनविरूद्धको युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिकहरूले ज्यान गुमाएका छन् । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार २ हजार ७ सय सैनिक घाइते भएका छन् । दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार युक्रेनविरूद्धको युद्धमा सघाउनका लागि उत्तर कोरियाले १० हजार सैनिक रूस पठाएको जनाएको छ । ती सैनिकहरू उत्तर कोरियाली नेता किम जोङ उनले...

बीआरआई सम्झौतामा ऋणको कुनै शब्द छैन :  परराष्ट्रमन्त्री आरजु राणा देउवा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण भन्ने शब्द नै नरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्पष्ट पारेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री राणाले बीआरआईमा हस्ताक्षर गर्ने बित्तिकै ऋण लिनै पर्छ भन्ने बाध्यात्मक अवस्था नरहेको पनि...

कंगोमा तैनाथ नेपाली शान्ति सेनिकहरूको विस्तार र परिवर्तन

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापनामा खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। यस अन्तर्गत, महावीर शौर्य गण (रेञ्जर) ३० औं डफ्फा र केवलजंग गुल्म तेश्रो डफ्फालाई बदली गर्न चण्डीदल गण ३१ औं डफ्फा र भीमकाली गुल्म चौथो डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी अच्युत...

सुनको भाउ बढेपछि चाँदी स्थिर, किनबेच कति भइरहेको छ?

आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ, जबकि चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले वृद्धि भई १ लाख ५५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य १ हजार ६ सय रूपैयाँ बढेको थियो। चाँदीको मूल्य सोमबार पनि स्थिर रहि १...

सभामुख घिमिरेले संसदीय प्रणालीमा दलहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।

काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदीय प्रणालीमा राजनीतिक दलहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय व्यवस्थामा दलहरूले प्रमुख भूमिका निर्वाह गर्ने बताए। सभामुख घिमिरेका अनुसार, राजनीतिक दलहरूले नै लोकतान्त्रिक प्रणालीलाई प्रभावकारी बनाउने र यसका सिद्धान्तहरूको प्रवर्द्धन गर्ने कार्य गर्छन्। उनले...