सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार रुपैयाँ नाघ्दै २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो। एकै दिनमा भएको वृद्धिले सुनको...

सिड्नी बोन्डी बिच गोलीकाण्ड: १२ मृत, २९ भन्दा बढी घाइते, सुरक्षा अलर्ट जारी

काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिच क्षेत्रमा आइतबार साँझ गोलीकाण्ड हुँदा १२ जनाको मृत्यु भएको छ भने २९ भन्दा बढी घाइते भएका छन्। घटनाको समय हनुक्का पर्वको अवसरमा ठूलो संख्यामा मानिसहरू जम्मा भइरहेका बेला स्थानीय समय अनुसार साँझ ६:४७ बजे बोन्डी पार्क प्लेग्राउन्ड नजिकै भएको बताइएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा...

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ। आइतबार शीतल निवासमा आयोजित विशेष कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन राष्ट्रपति समक्ष औपचारिक रूपमा बुझाइएको हो। प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम प्रतिवेदन हस्तान्तरण गर्नुभएको जानकारी दिइएको छ। कार्यक्रममा सुरक्षा...

युवा लक्षित रोजगारी कार्यक्रम अघि बढाउने श्रममन्त्रीको प्रतिबद्धता

काठमाडौं । अन्तरिम सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाको रोजगारी व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयमै ‘जेन–जी कक्ष’ स्थापना गरेर काम गर्ने बताउनुभएको छ। आइतबार मन्त्रालयमा जेन–जीका अगुवाहरूसँग भएको छलफलका क्रममा मन्त्री भण्डारीले जेन–जीको प्रतिनिधित्व रहने गरी विशेष सेल गठन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सेलमार्फत निजी क्षेत्रसँग सहकार्य...

संखुवासभामा घरेलु विवादपछि महिला मृत भेटिइन्, पति नियन्त्रणमा

संखुवासभा: आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्चा शेर्पालाई ३७ वर्षीया श्रीमती मीना शेर्पाको मृत्यु प्रकरणमा संलग्न रहेको आशंकामा शनिबार नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय चैनपुरलगायतका प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मंसिर ९...

चीनद्वारा नेपाल, यूएई र इजिप्टका लागि उपग्रहसहित लिजियन–१ सफल प्रक्षेपण

काठमाडौं । चीनले बुधबार लिजियन–१ वाइ–११ नामक किनेटिका–१ क्यारियर रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। सो रकेटमा नौवटा उपग्रह रहेका थिए, जसमा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टका लागि तीन अन्तर्राष्ट्रिय पेलोड समावेश थिए। नौ उपग्रहलाई तोकिएको कक्षमा पुर्‍याएपछि मिशनलाई पूर्ण रूपमा सफल भएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स ले जनाएको छ। रकेट...

म्यानमार सेना द्वारा अस्पताल माथि हवाई आक्रमणमा ३१ जनाको मृत्यु

म्यानमार सेना द्वारा अस्पताल माथि हवाई आक्रमणमा ३१ जनाको मृत्यु
काठमाडौं। म्यानमार सेनाले पश्चिमी राखिन राज्यको म्राउक–यूस्थित एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्। घटनास्थलमा पुगेका राहतकर्मी वाइ हुन औङले बिहीबार यो जानकारी दिएका छन्। राहतकर्मीका अनुसार अस्पतालबाहिर रातभर कम्तीमा २० वटा शव राखिएको थियो। विस्फोटको प्रभावले बाहिरको ठूलो रुख आधा...

नेप्से १.६६ अंकले घट्यो, बजारमा उत्साह कम

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार (मंसिर २५) सेयर बजारमा उत्साह कम देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर २६०७.३७ मा बन्द भएको छ। अघिल्लो दिन बुधबार नेप्से ७.८६ अंकले घटेको थियो। मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको थियो। त्यसअघि आइतबार र सोमबार बजार घटेको...

सरकार नागरिकसँग नजिक : ललितपुर–१२ मा मन्त्री खरेलको प्रत्यक्ष संवाद

सरकार नागरिकसँग नजिक : ललितपुर–१२ मा मन्त्री खरेलको प्रत्यक्ष संवाद
ललितपुर, वार्ड नम्बर १२, प्रयागपोखरी – माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज ललितपुरको वार्ड नम्बर १२ स्थित वार्ड कार्यालयमा आयोजित कार्यक्रममा वार्ड अध्यक्ष, सदस्य, कर्मचारी तथा स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ। यस भेटघाटको मुख्य उद्देश्य स्थानीय तहमा रहेका वास्तविक समस्याहरू बुझ्नु र नागरिकका आवाज सरकारसम्म पुर्याउनु...

नेप्से ७.८६ अंकले घट्यो, १६९ कम्पनीको मूल्यमा गिरावट

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक ७.८६ अंकले घट्दै २६०६.२० बिन्दुमा बन्द भएको हो। यस दिन ३२९ कम्पनीको सेयर कारोबार भएकोमा ७९ कम्पनीको मूल्य बढेको, १६९ कम्पनीको मूल्य घटेको तथा ९ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। आज कुल ३ अर्ब ७३ करोड ८७...