गाजा नियन्त्रणको विरोधमा इजरायलभर प्रदर्शन

काठमाडौं । गाजा क्षेत्रमा नियन्त्रण लिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाविरुद्ध देशभर विरोध चर्किएको छ। जनभावनाविपरीत सरकार अगाडि बढ्न खोजेको भन्दै विभिन्न शहरमा नागरिकहरू सडकमा उत्रिएका छन्।

टाइम्स अफ इजरायलका राजनीतिक संवाददाता ताल स्नाइडरका अनुसार दर्जनौं स्थानमा सरकारविरोधी प्रदर्शनहरू भइसकेका छन्। उनका अनुसार, “सरकारले अत्यन्तै अलोकप्रिय निर्णय लिएको छ, जसको जनस्तरमा तीव्र असन्तुष्टि छ।”

स्नाइडरले सार्वजनिक रूपमा प्रकाशित सबैजसो सर्वेक्षणहरूले पनि नागरिकहरू सरकारको कदमप्रति असहमति जनाइरहेको देखिएको उल्लेख गरे।

उनका अनुसार नेतान्याहू नेतृत्वको सरकारले कूटनीतिक वा राजनीतिक समाधान खोज्नुपर्नेमा बलपूर्वक नियन्त्रणको रणनीतिमा केन्द्रित हुँदै गएको छ, जसले स्थिति अझ जटिल बनाउने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया