थाइल्याण्ड–कम्बोडिया युद्धविराममा सहमति

काठमाडौं, थाइल्याण्ड र कम्बोडियाबीच चार दिनदेखिको द्वन्द्वपछि शनिबार युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार, दुबै देशका सेनाले युद्धविरामको निर्णय गरी चाँडै वार्ताका लागि बैठक बस्ने तयारी गरिरहेका छन्।

बिहीबारदेखि थाइल्याण्ड र कम्बोडियाबीच सिमानामा सुरु भएको तनावले हवाई आक्रमणसमेत गराएको थियो, जसका कारण कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार दुई देशबीच युद्धविरामको घोषणा गर्दै दुबै नेताहरूसँग संवाद गरेका बताएका छन्। उनले ट्रुथ सोसलमा लेखेका छन्, “दुवै पक्ष चाँडै वार्ताको टेबलमा बसेर शान्ति स्थापना सुनिश्चित गर्नेछन्।”

ट्रम्पले भनेका छन् कि, यदि तनाव जारी रह्यो भने, उनीहरूले ती देशसँग व्यापार सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन्। उनले थपे, “दुवै देश वार्तामा बस्न तयार छन्।”

यसअघि, ट्रम्पले कम्बोडिया र थाइल्याण्डलाई अमेरिका निर्यात गर्ने सामानमा अगस्टदेखि ३६ प्रतिशत भन्सार लागू गर्ने जानकारी पत्रमार्फत दिइसकेका थिए।

तपाईको प्रतिक्रिया