लन्डनको साउथेंड एयरपोर्ट सानो विमानमा आगलागी भएपछि बन्द

काठमाडौं ।लन्डनस्थित साउथेंड एयरपोर्टमा एक सानो विमानमा आगो लागेपछि विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। आइतबार साउथेंड–अन–सी क्षेत्रमा करिब १२ मिटर लामो विमानमा आगलागी भएको हो।

हालसम्म मानवीय क्षतिको विवरण नआएको विमानस्थल प्रशासनले जनाएको छ। अर्को आदेश नआएसम्म सबै उडानहरू स्थगित गरिएका छन् र यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

डच कम्पनी जेउस एभिएशनले उक्त विमान फ्लाइड एसयूजेटआई आफूहरूको भएको पुष्टि गरेको छ र घटनाबारे अनुसन्धानमा सहकार्य गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया