युक्रेनी राजधानी किभमा रुसी ठूलो हवाई आक्रमण, धेरैको मृत्यु

काठमाडौँ —रुसले युक्रेनी राजधानी किभमा ठूलो हवाई आक्रमण गरेको छ। यस आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। यो आक्रमण रुस-युक्रेन युद्ध सुरु भएको तीन वर्षयताकै सबैभन्दा ठूलो हवाई हमला हो भन्ने अन्तर्राष्ट्रिय मिडियाको प्रतिवेदन छ।

आक्रमणको प्रतिक्रियामा युक्रेनले रुसको आर्कटिक र साइबेरियामा रहेका चार एयरफिल्डमा ४१ वटा रुसी सेनाका विमान नष्ट गरेको दाबी गरेको छ। युक्रेनी सेनाले रुसले ३१५ ड्रोन हमला गरेको र त्यसमध्ये २७७ वटा खसालेको बताएको छ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यो हमला अमेरिका र अन्य देशहरूको शान्ति प्रयासलाई बिथोल्ने प्रयास हो भनेर आरोप लगाएका छन्। युद्ध विरामका लागि भएका वार्ताहरूमा अहिलेसम्म ठूलो प्रगति भएको छैन।

तपाईको प्रतिक्रिया