भारतले पाकिस्तानी जहाजलाई आकाशमार्गमा लगायो प्रतिबन्ध

नयाँ दिल्ली, वैशाख १९ — भारतले आफ्ना आकाशमा पाकिस्तानी जहाजहरूको उडानमा प्रतिबन्ध लगाएको छ। भारतीय विमानस्थल प्राधिकरणले बुधबार सूचना जारी गर्दै पाकिस्तानी जहाजहरूलाई भारतको आकाश प्रयोग गर्न नदिने निर्णय गरेको हो।

द हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, यो प्रतिबन्ध बिहीबार (आज) मध्यान्ह १२ बजेदेखि लागू भइसकेको छ र कम्तीमा मे २३ सम्म कायम रहनेछ।

प्रतिबन्धको दायरा पाकिस्तानमा दर्ता भएका सम्पूर्ण जहाज, भाडामा सञ्चालन हुने उडानहरू र पाकिस्तानी सैन्य विमानहरूमा लागू हुने प्राधिकरणले जनाएको छ।

भारतको यो कदम केही दिनअघि जम्मु–कश्मीरको पहलगाममा भएको हमलापछि भारत–पाकिस्तानबीच बढ्दो तनावको प्रतिक्रियास्वरूप आएको हो।

यसअघि पाकिस्तानले पनि एक हप्ता अगाडि आफ्ना आकाशमा भारतीय जहाजको उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। भारतको पछिल्लो निर्णयलाई त्यसको जबाफका रूपमा हेर्ने गरिएको छ।

विश्लेषकहरूका अनुसार यस निर्णयबाट पाकिस्तानको तुलनामा भारतलाई तुलनात्मक रूपमा कम प्रभाव पर्ने अनुमान गरिएको

तपाईको प्रतिक्रिया