सेयर बजारमा गिरावट, नेप्से ३०.६० अंकले ओरालो

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। दिनभरको कारोबारपछि नेप्से ३०.६० अंकले ओरालो लाग्दै २,५७०.१८ विन्दुमा कायम भएको हो।

यस अवधिमा सेन्सेटिभ इण्डेक्स पनि ०.६७ प्रतिशतले घटेर ४५०.५५ विन्दुमा झरेको छ। कारोबारका क्रममा ३६८ कम्पनीका ४ करोड १७ लाख २५ हजार कित्ता सेयर किनबेच हुँदा कुल ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

कारोबार रकमका आधारमा एनएमबी डिबेन्चर ८.५० प्रतिशत २०८७/८८ सबैभन्दा अगाडि रह्यो। उक्त ऋणपत्रको मात्रै करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्यांकले देखाएको छ।

सोमबारको कारोबारमा बजारमा सूचीकृत सबै १३ वटा समूहका उपसूचकहरू नकारात्मक रहे, जसले समग्र बजारमा बिक्री दबाब रहेको संकेत गरेको छ।

तपाईको प्रतिक्रिया