सुनको मूल्यमा वृद्धि, प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला २ हजार ८०० रुपैयाँले उकालो लागेको हो।

महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ रहेको थियो।

यसैबीच, चाँदीको मूल्य भने सामान्य घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९८५ रुपैयाँ थियो।

यसअनुसार एक कारोबार दिनको अवधिमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको देखिएको छ।

तपाईको प्रतिक्रिया