इमाडोलमा युवतीसँग अभद्र व्यवहार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा पैदल हिँडिरहेकी एक युवतीसँग अभद्र तथा अशोभनीय व्यवहार गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार आइतबार साँझ उक्त घटना भएको हो। आरोपितले सार्वजनिक स्थानमा युवतीप्रति अशोभनीय हर्कत गरेको बताइएको छ।

घटनापछि युवतीले आरोपितको गतिविधिको भिडियो खिचेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसकै आधारमा अनुसन्धान अघि बढाउँदै भट्टलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

तपाईको प्रतिक्रिया