धेरैजसो स्थानमा भारी वर्षा, स्याङ्जामा पहिरो : पाँच जनाको मृत्यु, नारायणीको जलसतह खतराको तहभन्दा माथि

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ । स्याङ्जा : पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको...

राष्ट्रसेवक हुनेबित्तिकै समाजसेवा गरियो भन्ने ठानियो भने त्यो परिभाषा उपयुक्त हुँदैन: प्रधानमन्त्री

राष्ट्रसेवक हुनेबित्तिकै समाजसेवा गरियो भन्ने ठानियो भने त्यो परिभाषा उपयुक्त हुँदैन:  प्रधानमन्त्री
केपी शर्मा ओली  सबैभन्दा पहिले म आज ४१औँ सामाजिक सेवा दिवसको सन्दर्भमा समाज कल्याण परिषद्को अगुवाइमा आयोजना गरिएको यस कार्यक्रममा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र अरू सम्पूर्ण सामाजिक सेवा कार्यमा लाग्नुभएका तमाम सङ्घसंस्थालाई हार्दिक शुभकामना भन्न चाहन्छु ।जसले सामाजिक सेवाको काममा आफ्नो योगदान पु¥याउनुभएको छ समयको हिसाबले,...

वृद्धको टाउको छिनालेर झोलामा हाली प्रहरीसामु आत्मसमर्पण

१९ भदौ । धादिङको नीलकण्ठ नगरपालिका ३ खल्चेतमा एक वृद्धको खुर्पाले हानेर बिहीबार राती हत्या भएको छ । नीलकण्ठ १३ स्थित खल्चेतका २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् । हत्यापछि मृतकको टाउको झोलामा हाली राजुले डेढ घण्टा...

बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत

१९ भदौ । बागलुङको पश्चिमी क्षेत्र ढोरपाटनमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया...

मेलम्ची पहिरोमा पुरिएका आठ जनाको शव निकालियो

सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति पहिरोमा परेर पुरिएका आठ जनाको शव निकालिएको छ। ‘घाइते एक जनाको उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको लगिएको छ। मेलम्ची बजारको छेउमा कर्भड हल निर्माण गर्दै आएका मजदुरहरुलाई पहिरोले परेको थियो । कभर्ड हल बनाउन ती मजदुरहरू २० दिनअघि मेलम्ची बजार आएका थिए।...

सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भासियो

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल तानसेन–सडक  ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन अलपत्र परेका छन् । पाल्पा प्रहरीकाअनुसार विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिएपनि ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको बताएको छ । प्रहरीकाअनुसार दोभान नजिकै झण्डै ३ मिटर पक्की सडकको...

बाघ संरक्षण: यसकारण नेपालले सफलता हात पारिरहेको छ

बीबीसी- आहारा र वासस्थानको उचित व्यवस्थापन एवम् चोरी सिकारी नियन्त्रणका कारण नेपालमा बाघ संरक्षणमा सफलता मिलिरहेको दुई वटा राष्ट्रिय निकुञ्जका अधिकारीहरूले बताएका छन्। उनीहरूले नेपालमा वयस्क बाघ बाहेक उल्लेख्य रूपमा डमरुहरू पनि रहेको उल्लेख गर्दै अब गणना गर्दा उक्त बिरालो प्रजातिको सङ्ख्या थप बढ्न सक्ने बताए। नेपालमा सन् २०१८ मा गरिएको एउटा...

नेपाल भयाे दक्षिण एसियाको पहिलो ‘खुला दिसामुक्त राष्ट्र’

काठमाडौं- नेपाललाई 'खुला दिसामुक्त राष्ट्र' घोषणा गरिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् । घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली राष्ट्र बनेको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो । सामाजिक उत्थानको क्षेत्रमा...

खुला क्षेत्रको संरक्षणमा जोड

खुला क्षेत्रको संरक्षणमा जोड
भक्तपुर । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) नेपाल र चाँगुनारायण नगरपालिकाको सहकार्यमा ‘खुला क्षेत्रको संरक्षण मेरो दायित्व’ शीर्षकमा वृहत् जनचेतनामुलक कार्यक्रम भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ७ स्थिति हेल्मेड डाँडामा गरिएको कार्यक्रममा आइएओम नेपालका प्रमुख लरेना ल्याण्डो, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला लगायत...