सबैले समन्वयको कुरा त गर्छन, तर समन्वय गर्न कसैले चाहदैनन् : नवराज प्याकुरेल

नवराज प्याकुरेल अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको आयोजना प्रमुख भएर गएको केही महिना मात्र भयो । समग्र काठमाडौंको विकासको निम्ति उहाँले के कस्तो नीति र योजना बनाइराख्नु भएको छ ? इमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले प्याकुरेलसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :

हामीसँग बजेट पनि छ, नीति नियम पनि छ, काम पनि धेरै गर्नुपर्ने छ तर हाम्रो समन्वय हुनै सकेन् । समन्वयको कमिले गर्दा आश गरेअनुसार प्रतिफल प्राप्त हुन सकिराखेको छैन । सबैले समन्वयको कुरा त गर्छन तर समन्वय गर्न कसैले चाहदैनन् । आफ्नो वार्षिक काम मात्र सम्पन्न गर्ने ध्यान भयो । समन्वय गरेर अगाडि बढ्नै नचाहने प्रवृति ज्यादा छ । जुन वार्षिक कार्यक्रम छुट्याइएको अथवा वार्षिक कार्यक्रमको आधारमा मात्र निकायहरुको परिणामको मापन हुने मात्र भयो । सहरी क्षेत्र वा ग्रामिण क्षेत्रको एकीकृत विकास हुनुपर्ने राष्ट्रको जुन उद्देश्य छ, त्यसमा हाम्रो केन्द्रदेखि स्थानीय निकायको प्राथमिकतामा नै परेन । सहरी क्षेत्रमा काम गर्न विभिन्न निकायसँगको सहकार्यमा काम गर्नुपर्ने हुन्छ । समन्वय गर्न भनेर विभिन्न निकायहरुको पनि गठन भएको छ । स्थानीय सरकार पनि अहिले आएको छ । तर, एकले अर्काको अस्तित्व स्वीकार गर्न सकिराखेका छैनन् । विकास भनेको सबैको निम्ति हो । विकास सबैको सहकार्य, समन्वय र एकताबाटै हुने हो । यो एउटा व्यक्तिले चाहदैमा गर्न सकिने कुरा होइन । सबैमा दृढ इच्छा शक्ति हुनु आवश्यक छ । यो कसैले मैले गरे भनेर जस लिने वा अरुले जस पाउला भन्ने विषय नै होइन । यो जस पाउने वा अपजस पाउने विषय होइन । सबै सम्बन्धित निकायले आफ्नो मात्र वार्षिक कार्यक्रम हेरेर मात्रै हुँदैन । अरु सम्बन्धित निकायको पनि त्यसमा के कस्तो कार्यक्रम, योजना छ त्यो समन्वय गरेर मात्र काम गर्न थालियो भने सकारात्मक नतिजा आउन सक्छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत आयोजनाको चुनौती :
नदी बाहक क्षेत्र कायम,
सुकुम्बासी वस्ती व्यवस्थापन,
बजेट व्यवस्थापन

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत आयोजनाको प्रतिबद्धता के छ ?
खोला किनाराको सौन्र्दय वृद्धि,
करिडोरमा ट्रा¥याक खोल्ने,
करिडोरको निर्माण गर्ने,
जग्गासम्बन्धी समस्याको दीगो समाधान,
सम्बन्धित ऐनलाई संसदबाट पारित गराउँने ।

तपाईको प्रतिक्रिया