साफ महिला क्लब च्याम्पियनसिप: ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगाल आज आमनेसामने

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले आज (मंसिर २२) भारतीय क्लब इस्ट बंगाल एफसीसँग प्रतिस्पर्धा गर्दैछ। ट्रान्सपोर्टको यो दोस्रो खेल हो। यसअघि उनले पाकिस्तानी क्लब कराची सिटी एफसीसँग खेलिएको उद्घाटन खेल गोलरहित बराबरीमा टुंग्याएकी थिइन्। दिउँसो २ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल ट्रान्सपोर्टका...

न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम एनपीएल–२०२५ मा पोखरा एभेन्जर्सबाट खेल्ने

काठमाडौं । न्युजिल्यान्डका अनुभवी अलराउन्डर जिम्मी निसम आगामी नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। शुक्रबार बिहान पोखरा एभेन्जर्सले निसमलाई टोलीका चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जानकारी दिएको हो। पहिलो संस्करणमा जनकपुर बोल्ट्सका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका निसम यसपटक भने...

पछिल्लो २० वर्षको निरन्तर प्रयासका कारण आज (एनपीएल)ले पहिचान बनाएको हो:पारस खड्का

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा पछिल्लो समय देखिएको सकारात्मक परिवर्तन तत्कालैको प्रयासबाट आएको नभएको बताएका छन्। शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र क्यानको सहकार्यमा आयोजित ‘एनपीएल मिडिया डे’ कार्यक्रममा बोल्दै उनले भने, “नेपाली क्रिकेटमा आएको यो परिवर्तन एक सचिव परिवर्तन भएर आएको होइन। हामीले...

हरि खड्काको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टिम आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल ढाकास्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। यो खेल एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग खेल्नुअघि तयारीका रूपमा हुने हो। नेपाल र बंगलादेशबीच दुई महिनाभित्र हुने यो दोस्रो भेट हो। पहिलो मैत्रीपूर्ण खेल गत भदौको...

काठमान्डु गोर्खाजको टोलीमा जोडिए अनुभवशाली अलराउन्डर सन्नी पटेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजले आफ्नो छैटौँ विदेशी खेलाडीका रूपमा अलराउन्डर सन्नी पटेललाई अनुबन्धन गरेको छ। नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै परिचित नाम बनाइसकेका पटेलले यसअघि २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग (पीपीएल) को...

नेपालले यूएईलाई दियो २४० रनको विजयी लक्ष्य

काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको विजयी लक्ष्य दिएको छ। दुबईस्थित आइसीसी एकेडेमी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन बनायो। नेपालका भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४८ रन योगदान दिए। उनले ६८ बलमा...

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित

काठमाडौं, कार्तिक १४ — अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन्। शुक्रबार बसेको एन्फाको आकस्मिक भर्चुअल बैठकले उनलाई अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै निलम्बन गर्ने निर्णय गरेको हो। एन्फा कार्यसमितिका अनुसार कार्यवाहक अध्यक्षको रूपमा खड्काले गरेका केही कार्यहरू संगठनको अनुशासन र आन्तरिक प्रक्रियाबाहिर रहेको भन्दै सो...

एनपीएलका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल प्रदान गरिने

एनपीएलका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल प्रदान गरिने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका क्रममा नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु–ह्विलर पार्टनर सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले...

नेपालगन्जमा दोस्रो राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको तयारी तीव्र

नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। प्रतियोगितामा सहभागि हुन सोमबारसम्म एक सयभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन्, आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जनाएको छ। प्रतियोगिता कात्तिक १४ र १५ गते नेपालगन्ज रङ्गशाला स्थित पौडी पोखरीमा आयोजना हुने छ। नेपाल पौडी संघका प्राविधिक प्रतिनिधि विष्णु...

काठमान्डु गोर्खाजमा रिकार्डो भास्कोनेसेलोस अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा दक्षिण अफ्रिकामा जन्मेका विकेटकिपर-ब्याट्सम्यान रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ। हाल इंग्ल्यान्डको घरेलु क्रिकेट खेलिरहेका रिकार्डो सोमबार आफ्नो २८औं जन्मदिन मनाइरहेका छन्। उनले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् र घरेलु क्रिकेटमा बोल्यान्डबाट प्रथम श्रेणीको...