सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं, बैशाख २९ – आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ। आइतबार बसेको बैठकमा विस्तृत छलफलपछि नीति कार्यक्रमलाई समर्थन गर्दै संसद्ले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको लिखित तथा मौखिक जवाफ दिएका थिए।...

गोकुल बास्कोटाको प्रश्न– अन्तिमपटक मन्त्री भएको हो ? 

काठमाडौं – नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरूलाई प्रश्न गर्दै भनेका छन् कि तिनीहरूले अन्तिमपटक मन्त्री भएको हो कि ? शुक्रबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै बास्कोटाले मन्त्रीहरूलाई क्षेत्रीय मामिलामा केन्द्रित नगर्न र समग्र देशको हितमा काम गर्न आग्रह गरे। उनले भने, “मन्त्री हुने साथीहरूसित दुःख छ, तपाईंहरू...

गभर्नर नियुक्ति प्रक्रियामा अलमल, ओली–देउवा छलफलमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको म्यादसम्म पनि राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन नसकेपछि अब तीन विकल्पमा छलफल सुरु भएको छ। प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वैशाख २१ गते बालुवाटारमा बोलाई वैशाख २५ भित्र मन्त्रिपरिषद् बैठकमार्फत गभर्नर नियुक्त गर्ने प्रतिबद्धता जनाएका थिए। तर उक्त म्यादभित्र न गभर्नर सिफारिस...

सरकार स्थिर रहन्छ, कार्यकाल पूरा गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार बनेको सरकार १० महिनामै परिवर्तन नहुने स्पष्ट पारेका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा छोटो अवधिमा सरकार फेरिने चलन रहे पनि अहिलेको सरकार स्थिर रूपमा अघि बढ्ने दाबी गरे। "म मन्त्री बनेको १० महिना भइसक्यो, तर १०...

सत्तारूढ सांसदको टिप्पणी : नीति कार्यक्रम निराशाजनक, यथार्थविहीन

काठमाडौँ — आउँदो आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति सत्तारूढ दलका सांसदले नै असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले ल्याएको नीति तथा कार्यक्रमले सामाजिक परिवर्तन र जनअपेक्षा बुझ्न नसकेको टिप्पणी गरे। सांसद केसीले सरकारले आम नागरिकमा बढ्दो निराशा र असन्तुष्टि सम्बोधन...

सांसदहरूको माग: सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक छिट्टै सदनमा प्रस्तुत होस्

सांसदहरूको माग: सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक छिट्टै सदनमा प्रस्तुत होस्
सदनमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको खोजी भएको छ । प्रतिनिधिसभाका सांसदहरूले विधेयक छिट्टै अघि बढाउन माग गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले विधेयक कहाँ हरायो भनेर प्रश्न गरे । “विधेयक कहाँ हरायो ? हराएको हरायै हुने त होइन ? राष्ट्रियसभामा उत्पत्ति भएर समितिबाट पास भएर यहाँ दर्ता भएको...

प्रधानमन्त्री ओलीको गुनासो: सञ्चारमाध्यममा गरिने भाषा सुहाउँदो छैन

प्रधानमन्त्री ओलीको गुनासो: सञ्चारमाध्यममा गरिने भाषा सुहाउँदो छैन
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो नभएको गुनासो व्यक्त गरेका छन्। गोरखापत्र प्रकाशनको १२५औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली सञ्चारमाध्यममा प्रयोग हुने भाषा देशका विशिष्ट व्यक्तिलाई अनादर गर्ने किसिमको रहेको र यो सुहाउँदो नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले भन्नुभयो, “कसैले पनि नेपाली भाषाको...

प्रतिनिधि सभाले प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित, श्रद्धाञ्जली अर्पण

प्रतिनिधि सभाले प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित, श्रद्धाञ्जली अर्पण
काठमाडौं — प्रतिनिधि सभा ले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बुधबारको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालका योगदानलाई सम्मान गर्दै शोक प्रस्ताव पारित गरिएको हो। नेकपा एमालेका प्रदीप नेपाल २०५० सालमा राष्ट्रियसभा सदस्यका रूपमा निर्वाचित भएका थिए र पछि २०६५ सालमा काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका...

संयन्त्रले समस्या भयो भन्ने लागे खारेज गर्न सकिन्छ : सांसद सूर्य थापा

संयन्त्रले समस्या भयो भन्ने लागे खारेज गर्न सकिन्छ : सांसद सूर्य थापा
काठमाडौं – नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्तारूढ दलहरूबीच बनेको राजनीतिक संयन्त्रमा समस्या देखिएको खण्डमा प्रमुख नेताहरूको छलफलबाट खारेज गर्न सकिने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले संयन्त्रको अभ्यासले सत्ता साझेदार दलहरूबीच असमझदारी बढाएको हो भने त्यसलाई विघटन गर्न कुनै आपत्ति नरहने धारणा राखे। "यदि संयन्त्रले समस्या भएको...

सांसद शाहीको आरोप : ‘सरकारबाट राज्य शक्ति दुरुपयोग, तीनकुने घटनामा मानव अधिकार उल्लंघन’

सांसद शाहीको आरोप : ‘सरकारबाट राज्य शक्ति दुरुपयोग, तीनकुने घटनामा मानव अधिकार उल्लंघन’
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले राज्य शक्तिको अत्यधिक प्रयोग गरी मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले राजधानीको तीनकुनेमा भएको घटनालाई उदाहरण दिँदै मानव अधिकारको गम्भीर उल्लंघन भएको दाबी गरे। “सरकारले राज्य आतंक अत्याधिक रूपमा प्रयोग गरिरहेको छ,” शाहीले भने,...