राष्ट्रपति पौडेलद्वारा देउवा, ओली र प्रचण्डसँग छलफलका लागि बैठक आह्वान

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग बैठक आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको बैठक आज मङ्गलबार पुस ८ गते अपराह्न ३ बजेका लागि तय...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं — नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आयोजना हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने जनाइएको छ। ...

ओली–देउवा भेट: राजनीतिक छलफल सुरु

ओली–देउवा भेट: राजनीतिक छलफल सुरु
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। एमालेको ११ औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास पुगेका हुन्। अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल पनि देउवालाई भेट्न उपस्थित छन्। हाल अध्यक्ष ओली र सभापति देउवाबीच...

गगन थापाले कांग्रेसलाई एमालेबाट सिक्न सुझाए

गगन थापाले कांग्रेसलाई एमालेबाट सिक्न सुझाए
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले सबैभन्दा चुनौतीपूर्ण समयमा पनि महाधिवेशन सम्पन्न गरेर आफूलाई प्रमाणित गरेको भन्दै कांग्रेसले पनि त्यहाँबाट सिक्नुपर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसजत्तिकै ठूलो संगठन भएको एमालेले व्यवस्थित ढंगले महाधिवेशन सम्पन्न गरेकाले कांग्रेसले महाधिवेशन नगरी जनतामा...

धरौटीमा रिहा भएपछि लामिछानेले पार्टीमा औपचारिक उपस्थिती जनाउने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पार्टीको कामकाजमा फर्कने भएका छन्। केन्द्रीय समितिको बैठक आइतबार अपराह्न बस्नेछ, जसमा लामिछानेले औपचारिक रूपमा पार्टीमा आफ्नो उपस्थिती जनाउनेछन्। सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। जेलमा पुर्पक्ष भइसकेपछि पार्टीले उपाध्यक्ष डिपी अर्याल (डोलप्रसाद) लाई कार्यवाहक अध्यक्ष बनाएको थियो। महामन्त्री...

डा. बाबुराम भट्टराई चार दिने भारत भ्रमणमा जाने

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार चार दिने भारत भ्रमणमा जान लागेका छन्। भ्रमणका क्रममा उनले मुम्बई र नयाँ दिल्लीमा आयोजना हुने विभिन्न प्राज्ञिक तथा कूटनीतिक कार्यक्रमहरूमा सहभागी भई सम्बोधन गर्ने तालिका रहेको छ। भट्टराईको सचिवालयका अनुसार उनी भारतको प्रतिष्ठित संस्था आइआइटी बम्बेमा आयोजित 'टेकफेस्ट' कार्यक्रममा 'किनोट स्पिच' दिनेछन्। यस...

फागुन २१ कै मितिमा निर्वाचन अपरिहार्य : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको समयमै प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। उनले फागुन २१ गते नै निर्वाचन हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका हुन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँग भएको भेटघाटका क्रममा कोइरालाले पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरे। प्रजातन्त्रको आधार नै निर्वाचन भएकाले कांग्रेस निर्वाचन प्रक्रियामा...

विजयी नहुँदा पनि एमाले अभियानमा पोखरेलको अडिग प्रतिबद्धता

काठमाडौं: नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले पार्टीको अभियानमा निरन्तर संलग्न रहने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरेलले मतपरिणाम सार्वजनिक भएपछि फेसबुकमा लेख्दै भनेका छन्, “आफू अध्यक्ष बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता अटूट रहने छ।...

एमाले अध्यक्षमा ओली विजयी

काठमाडौं — नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा ह्याट्रिक गरेका हुन्। अन्तिम मतपरिणामअनुसार ओलीले १६६३ मत प्राप्त गरेका छन् भने पोखरेलले ५६४ मत मात्र पाएका छन्। ओलीले दुई तिहाई मत हासिल गर्दै स्पष्ट...

डिजिटलाईजेसनले प्रदेश सरकारको खर्च घटाउन सकिन्छ : कांग्रेस नेता पौडेल

डिजिटलाईजेसनले प्रदेश सरकारको खर्च घटाउन सकिन्छ : कांग्रेस नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारलाई प्रभावकारी र कम खर्चिलो बनाउन सीमित संख्याका मन्त्री पर्याप्त हुने धारणा व्यक्त गर्नुभएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित वित्त र प्रशासन हेर्ने गरी तीन जना मन्त्री भए पनि काम सञ्चालन गर्न सकिने बताउनुभयो। संघीय व्यवस्थालाई...