हिउँदको तेस्रो वर्षा शुक्रबार र शनिबार हुने सम्भावना छ ।

काठमाडौं । यो वर्षको हिउँदको तेस्रो वर्षा शुक्रबार (भोलि) र शनिबार (पर्सि) हुने सम्भावना छ । सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने अर्को पश्चिमी न्यूनचापीय प्रणाली आजै राति नेपाल प्रवेश गर्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । त्यसको प्रभावले बदली (आकाशमा बादल), वर्षा...

एनपिएलमा १३ विकेट लिएका उदयीमान खेलाडी विपिनलाई स्वस्तिमाले दिइन् आइफोन उपहार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा १३ विकेट लिएर उदयीमान खेलाडीको अवार्ड जितेका १६ वर्षीय स्पिनर विपिनप्रसाद शर्मालाई अभिनेत्री स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छिन्।  विपिनले कर्णाली याक्सबाट खेल्दै ८ खेलमा १३ विकेट लिएका थिए। स्वस्तिमा कर्णालीको ब्रान्ड एम्बासडर हुन्।  विपिनले आफूलाई स्वस्तिमाले क्रिसमसको उत्कृष्ट उपहार दिएको भन्दै इन्स्टाग्राममा स्टोरी राखेका...

कांग्रेसको १०० दिने अभियान माघ १६ गतेसम्म चल्ने

नेपाली कांग्रेसले १०० दिने विशेष अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने भएको छ। केही जिल्लाहरूमा १०० दिने विशेष अभियान ढिला सुरू भएकोले माघ १६ गतेसम्म सक्न समय थप गरिएको हो। कांग्रेसले असोज ७ गते अभियान सुरू गरेको थियो। यो अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन पुस १६ गते समापन गर्ने तयारी भइरहेका बेला...

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी

दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ...

वाग्मतीमा ७ सचिव रिक्त

मकवानपुर — नेता व्यवस्थापन र दलीय भागबण्डा मिलाउन मन्त्रालयको संख्या बढाएको वाग्मती प्रदेश सरकारले सचिव व्यवस्थापन गर्नै सकेको छैन । १४ मन्त्रालय रहेको वाग्मती प्रदेशमा ७ सचिव पद रिक्त छन् भने चार सचिव दोहोरो जिम्मेवारीमा छन् । प्रदेश सरकारमा विशिष्ट श्रेणीका कर्मचारी अभाव हुँदा प्रशासनिक काम प्रभावित भइरहेको छ । मन्त्रालयको कामकाज नै रोकिने स्थिति...

जाजरकोटमा भूकम्पको धक्का महसुस

वीरेन्द्रनगर — जाजरकोटमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान ६:३३ बजेको समयमा जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । ...

पुलिस यू–१८ च्याम्पियन

काठमाडौँ — अपेक्षाअनुसार नै पुलिसले ललित स्मृति यू–१८ युथ लिगको उपाधि मंगलबार जितेको छ । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्णायक साबित खेलमा चर्च ब्वाइजलाई २–१ ले हराएर एक खेलअगाडि नै उपाधि हात पारेको हो । चर्च ब्वाइजलाई हराए पुलिसले उपाधि जित्ने निश्चित थियो । पुलिस टिममा आधा दर्जन जति उमेर समूहका राष्ट्रिय खेलाडी...

सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ  :  मन्त्री गुरुङ

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् । काठमाडौंमा तमू(गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा तयार भएको प्रतिवेदनमा उल्लेख गरिएका जो कोहीलाई कानुनको...

स्रोत नखुलेको ९२ लाखसहित काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए। रवि धमला, जितबहादुर तामाङ र सन्तोष खातीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ७७ लाख र पछि १५ लाख गरी जम्मा ९२ लाख बरामद भएको हो। स्रोत नखुलेको...

६७ जना बोकेको विमान कजाकस्तानमा दुर्घटना, कम्तीमा २५ जना बाँच्न सफल 

अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बीबीसीले जनाएको छ ।  कजाकस्तानका आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ । प्रारम्भिक जानकारीअनुसार जहाजमा रहेका २५ जना बाँच्न सफल भएका र तीमध्ये २२ जनालाई...