भारतीय आप्रवासीलाई निकाल्न पहिलोपटक सैन्य विमानको प्रयोग

अमेरिकाले पहिलोपटक भारतीय आप्रवासीलाई देशबाट बाहिर निकाल्न सैन्य विमानको प्रयोग गरेको छ। यो कदम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी वासिंटन भ्रमणको तयारीको बीचमा आएको हो। एक अमेरिकी अधिकारीका अनुसार, सी-१७ विमानले आप्रवासीलाई लिएर भारतको लागि उडेको थियो। यो विमान कम्तीमा २४ घण्टामा भारत पुग्ने छ। यसअघि, अमेरिकी प्रशासनले अवैध आप्रवासीलाई फर्काउन...

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाको मुद्दा सुवेदी र निरौलाको इजलासमा

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले दायर गरेको मुद्दाको पेसी जिल्ला अदालतको आदेश अनुसार अब न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा तोकिएको छ। झा शरणार्थी प्रकरणसँग सम्बन्धित पूरक अभियोगपत्रबाट मुद्दामा संलग्न थिए। अनुसन्धानको दौरान पहिलो अभियोग पत्र दायर हुनुअघि उनी फरार थिए, पछि भारतबाट पक्राउ गरेर...

स्पिनर रचना चौधरीले नेपाली महिला क्रिकेट टोलीमा डेब्यू गर्दै पहिलो विकेट लिइन्

नेपाली महिला क्रिकेट टोलीमा यू-१९ स्पिनर रचना चौधरीले आफ्नो डेब्यू गरेको छ। कीर्तिपुरको त्रिवि मैदानमा चलिरहेको नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजमा मंगलबार थाइल्यान्डविरुद्धको खेलमा उनले डेब्यू गरेकी हुन्। रचना चौधरी हालै आइसिसी यू-१९ विश्वकपमा खेली फर्केकी थिइन्। उनले विश्वकपमा स्कटल्यान्डविरुद्ध २ र बंगलादेशविरुद्ध १ विकेट लिएका थिए। घरेलु क्रिकेटमा उनी गण्डकी...

सुनको मूल्य एकैदिन १९ सय रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन १९ सय रुपैयाँले बढ्यो
काठमाडौँ  । नेपाली बजारमा सुनको मूल्य एकै दिनमा तोलामा १९ सय रुपैयाँले वृद्धि भएको छ। तीन दिनदेखि स्थिर रहेको सुनको मूल्यमा वृद्धि भएको हो, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६४ हजार सात सय रुपैयाँ कायम भएको छ, जबकि सोमबार यसले तोलामा एक लाख ६२...

बेलायती राजकुमार एडवार्डपत्नी सोफिया काठमाडौंमा

बेलायती राजकुमार एडवार्डपत्नी सोफिया काठमाडौंमा
बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छिन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीले स्वागत गरेका थिए । राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ। काठमाडौं आएपछि उनीहरू दुवैजना लैनचौरस्थित बेलायती राजदूतावास जानेछन् । तालिकाअनुसार दिउँसो सवा...

ला लिगामा उपाधि होड त्रिकोणात्मक: बार्सिलोनाको जितसँगै लिग थप रोमाञ्चक

ला लिगामा उपाधिको प्रतिस्पर्धा त्रिकोणात्मक भएको छ।बार्सिलोनाले आइतबार डेपोर्टिभो लाकुरुनालाई १–० ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ। यससँगै, लिग उपाधिका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ। बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्कीले एकमात्र गोल गरे। बार्सिलोनाले २२ खेलबाट ४५ अंक संग तेस्रो स्थानमा छ, र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग चार अंकको...

सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने सम्भावना

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि पानी पर्ने संभावना रहेको जनाइएको छ। अर्को तर्फ, बाँकी प्रदेशहरूमा केही ठाउँमा बादल लागे पनि मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। महाशाखाले...

माघ शुक्ल पञ्चमी : वसन्त श्रवण र सरस्वती पूजा

काठमाडौँ — प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्वमा विद्याकी देवी सरस्वतीको पूजा अर्चना र वसन्त श्रवण गरिन्छ। यस वर्ष, वसन्त श्रवण कार्यक्रम आज बिहान ०७:५५ बजे नासल चोक, हनुमानढोका आयोजना गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको तय गरेको साइत अनुसार वसन्त श्रवणका लागि विशेष कार्यक्रम राखिएको...

काठमाडौंका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइनलाई भूमिगत गर्ने कार्यको लागि आजदेखि आठ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध रहनेछ। प्राधिकरणका अनुसार, २१ गते चाबहिल क्षेत्र, २२ गते कलङ्की मालपोत क्षेत्र, २३ गते...

नेपाल प्रहरीका ३७ एसपीको पदस्थापन, काठमाडौं परिसरमा दुई एसपी रहने 

प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ३७ प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरेको छ । पदस्थापनअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंमा दुई एसपी राख्ने निर्णय भएको छ।  हालै बढुवा भएका एसपी कुलदीप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरी काठमाडौं परिसरमा काज सरुवा गरिएको छ । यसअघि एसपी अपिलराज बोहरा पनि परिसरमा कार्यरत...