चिकित्सा शिक्षा आयोगको बैठक: विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७औं बैठकमा निजी मेडिकल कलेजहरूमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा, निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयनको लागि विदेशी विद्यार्थीको संख्या...

ग्यास उद्योगीको आन्दोलन स्थगित

नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि संघले आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो। उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल आयल निगमका पदाधिकारी र संघका प्रतिनिधिहरू बीचको छलफलमा संघले उठाएका जायज मागहरू सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन...

पाइप फुटेपछि जलमग्न भएको बबरमहलमा सडक भासियो

बबरमहलमा मेलम्ची खानेपानी परियोजनाको पाइप फुटेपछि जलमग्न भएको स्थानमा सडक भासिएको छ। बुधबार दिउँसो पाइप फुटेपछि पानी निस्किएको ठाउँमा सडक भासिएको हो। सडक भासिएपछि उक्त क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। पानीको असरले जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरका सरकारी कार्यालयहरू पनि डुबानमा परेका छन्। मेलम्ची खानेपानी परियोजनाका प्रमुख...

टाइपमा त्रुटिले ‘श्री ५ को सरकार’ भयो :खेलकुदमन्त्री चौधरी

मन्त्री चौधरीले पत्रमा भनेका छन्, "श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ को धारा-१ बमोजिमको विरोधमा रहेको देखिएकाले उक्त त्रुटि सच्याइ, नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ।" समाजमा आलोचना भएपछि मन्त्री चौधरीको स्पष्टीकरण आवश्यक भएको थियो। सोमबार राष्ट्रिय सभामा माओवादी सांसद मायाप्रसाद शर्माले मन्त्री चौधरीसँग यस...

पुर्पक्षका लागि छविलाल जोशीलाई कारागार चलान

बुटवल — बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। सोही मुद्दामा गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भने अदालतले १ करोड धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो। सोमबार अदालतमा उपस्थित भएका...

क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउनेबारे ट्रम्प गम्भीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने बारेमा आफू गम्भीर रहेको बताएका छन्। उनले यो कुरा अमेरिकामा भएको सुपर बोल खेल अघि फक्स न्युजसँगको अन्तर्वार्तामा पुष्टि गरेका थिए। जब उनलाई सोधिएको थियो कि क्यानडालाई अमेरिकामा गाभ्ने कुरा साँच्चै हो भने उनले 'हो' भनेका छन्। ट्रम्पका अनुसार, क्यानडालाई ५१...

बागमती युवा क्लबले जित्यो मरिण गोल्डकप

सिन्धुली: सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित पहिलो मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सर्लाहीको बागमती युवा क्लबले जितेको छ। मरिण गाउँपालिका–२ मुङ्ग्रे खेल मैदानमा भएको फाइनलमा बागमतीले आयोजक मुङ्ग्रे युनाइटेड युवा क्लबलाई ४-३ गोलले पराजित गर्दै उपाधि हात पारेको हो। निर्धारित समयमा गोल नहुनु भएपछि पेनाल्टी सुटआउटमार्फत विजेता र उपविजेताको निर्धारण गरिएको...

सेयर बजार दोहोरो अंकले घट्यो, अधिकांश समूहको उपसूचक नकारात्मक

काठमाडौं: आइतबार, सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.४९ अंक घटेर २६८८.३१ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स २.२५ अंकले घटेर ४५२.२१ विन्दुमा पुगेको छ। यस दिन ३०५ स्क्रिप्टको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६...

युवकको हत्या आरोपमा दुई व्यक्तिहरू पक्राउ

बाँके: युवकको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमा ३५ वर्षीय राम बहादुर राना र १७ वर्षीय किशोर रहेका छन्, जसले बैजनाथ गाउँपालिका-८ का २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको आरोप लागेको छ। सस्तो गाउँपालिका-८ स्थित बिचलाईनमा विवाह कार्यक्रममा विवाद हुँदा, उनीहरूले दिनेश र अन्य ५ जनालाई शुक्रवार...

पेश्कीको विवादमा प्रधानाध्यापक र शिक्षकबीच धक्का-मुक्की

जनकपुरधाम — धनुषाको कमला नगरपालिका २ स्थित माची झिटकैया माध्यमिक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच पेश्कीको विषयमा विवाद भएको छ। पेश्कीको रकमको बारेमा प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच धक्कामुक्की भएको हो। शिक्षक रोहितले आमा बितेको कारण पेश्की मागेको थियो, र यस विषयमा दुवैबीच विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा...